काठमाडौं । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ ।
एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।
हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भने, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् । दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन् । ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन् ।”
यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको छ । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्था भएपछि बस राम्रोसँग चलिरहेको रिजालले बताए । उनले भने “यात्रुको चाप बिहान र साँझमा हुन्छ । सोही अनुसार तालिकामा परिवर्तन गरिएको छ ।”
विभागको टाइम कार्ड अनुसार बिहान ८ः३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्छ । त्यसपछि हरेक तीन मिनेटमा बस छुट्छन् । विभागको मङ्सिर २८ गतेको रेकर्ड अनुसार बिहान ८ः३० बजे छुटेको ४० सिटको बसमा छुटेको समयमै २५ जना यात्रु थिए ।
त्यसलगत्तै तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट छुटेको अर्को ४० सिटको बसमा ३२ जना यात्रु छुट्ने स्थानबाटै चढेका थिए । सोही दिन रत्नपार्कबाट ३ः३३ बजे छुटेको ३२ सिटको बसमा ३८ जना थिए ।
महानिर्देशक रिजालले भने, “अहिले सुधार भएको छ । द्रुत बसप्रति यात्रुको आकर्षण बढेको छ । बसहरू सिट फुल भएर चलेका छन् । अझै सुधार गर्दै छौँ ।”
द्रुत बसमा एप जडानपछि जिपिएस प्रणालीमा लैजाने विभागको योजना छ । साथै अनलाइनबाट भाडा भुक्तानी गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग छलफल भइरहेको रिजालले जानकारी दिए । ३६ वटा बसलाई ६० पु¥याउने काम पनि अघि बढेको छ ।
रत्नपार्क–सूर्यविनायक द्रुत बसको सफल सञ्चालनपछि अन्य रुट र सहरमा पनि विस्तार गरिने विभागले जनाएको छ ।
विभागका अनुसार १९ स्थानमा बस स्टप तोकिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गठ्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: