Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

चीनको भूकम्पमा परेका १२७ जनाको शव निकालियो

खबरडबली संवाददाता

काठमाडौं । मंगलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मंगलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।

मंगलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।

“म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन”, उक्त घरका बासिन्दा मा वेनचाङले भने, “म अब यो घरमा बस्न सक्दिन किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।”

अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपत्कालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाएिको ट्रकहरूलाई देखेका थिए ।

साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । “हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकी आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending