Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

त्यस समय पनि एनसेलले कर तिर्नुपर्छ भनेर मैले नै लडेको हुँ: प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेको छन् । 

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी छलफलमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै नियामक निकायका सल्लाह, सुझाव र समन्वयमा नै समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । उनले पर्याप्त छलफल, बहस र साझा निष्कर्षका आधारमा समिति बनाइएको पनि जानकारी दिए। प्रधानमन्त्री दाहालले समितिको कामकारबाहीबाट नियामकको नियमनकारी अधिकारमा कुनै हस्तक्षेप र असर नपार्ने उल्लेख गर्दै नियामकले आफ्नो भूमिका पूरा गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले छानबिन समितिका संयोजकका सम्बन्धमा अनावश्यक टीकाटिप्पणी नगर्नसमेत आग्रह गरे। शेयर खरिदबिक्री सम्बन्धी स्वीकृति दिने नियामक निकाय हुँदाहुँदै किन छानबिन समिति गठन गरिएको हो भन्ने सांसदको जिज्ञाशामा उनले यस प्रकरणमा राजस्व छली र सरकारमा स्वामित्व हस्तान्तरण हुने सम्बन्धमा छानबिन र अनुसन्धान गर्न समिति गठन गरिएको प्रस्ट्याए । 

प्रधानमन्त्री दाहालले भने, “नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छ, सो अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ, यसो गर्न प्राधिकरणलाई कुनै रोकटोक गर्ने मनसाय राखिएको छैन ।”

उनले यो प्रक्रियामा राजस्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणको सम्बन्धमा कानुनी व्यवस्थाको उल्लङ्घन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पर्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकाले समिति बनाइएको प्रस्ट गरे । 

राष्ट्र र जनताको हितविपरीत हुन खोजेको चलखेल रोक्न सरकार दृढ रहेको उनको भनाइ थियो । एनसेलको शेयर किनबेचका सम्बन्धमा आफूले पनि सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले दूरसञ्चारसम्बन्धी कानुनमा व्यवस्था भएबमोजिम शेयर खरिदबिक्री प्रक्रियामा एनसेल नआएकाले आफूले आधिकारिक रुपमा थाहा नपाएको उनले बताए । 

“जुन दिन थाहा पाइयो, त्यहाँ गडबड भएको छ भन्ने भएपछि तुरुन्तै प्रक्रियामा गइयो”, प्रधानमन्त्री दाहालले भने । अघिल्लो पटक पनि एनसेलको करसम्बन्धी प्रकरणमा आफूले तत्कालीन सार्वजनिक लेखा समितिमा सो कम्पनीले कुनै पनि हालतमा नेपालमा कर तिर्नुपर्छ भनेर अडान लिएको स्मरण गर्दै उनले भने, “त्यस समय पनि एनसेलले कर तिर्नुपर्छ भनेर मैले नै लडेको हुँ ।”

पछिल्लो प्रकरणसम्म आइपुग्दा जालझेलपूर्ण रुमपा एनसेलको शेयर खरिदबिक्री गरेर कर छल्ने तथा स्वामित्व हस्तान्तरण नगर्ने नियत स्पष्ट देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै मिलेर राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक लड्नुपर्ने बताए। “रु एक सय ४३ अर्बको कम्पनीलाई रु छ अर्बमा बिक्री गर्ने निर्णय पारदर्शी र प्राकृतिक छैन, यसलाई हरहालतमा नेपाल सरकरको स्वामित्वमा ल्याउन सबैले सामूहिक पलह गर्नुपर्छ”, उनले भने। 

सांसदको सुझावले सरकारलाई एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा दृढतापूर्वक अघि बढ्न सहयोग मिलेको उनको भनाइ छ । 

समिति सदस्य राजेन्द्र पाण्डेले राज्य संयन्त्रलाई विश्वास गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै यससम्बन्धमा दूरसञ्चार प्राधिकरणलाई छानबिन गरेर कारबाही गर्ने जिम्मेवारी दिइनुपर्ने बताए। सांसद रघुजी पन्तले प्राधिकरणले प्रभावकारी ढङ्गले काम गरे छानबिन समिति आवश्यक नपर्ने धारणा व्यक्त गरे । उनले छानबिन समिति भङ्ग गर्न सरकारलाई सुझावसमेत दिए । 

सांसद रवि लामिछानेले राज्यका प्रणालीलाई बलियो बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिँदै दूरसञ्चार प्राधिकरणले गर्न सक्ने काम हुँदाहुँदै किन छानबिन समिति बनाइयो भनेर प्रश्न गरे। सांसद बलराम अधिकारीले दूरसञ्चारसम्बन्धी ऐनको बर्खिलाप हुने गरी एनसेलको शेयर खरिदबिक्री गरिएकाले तत्काल कारबाही गर्नुपर्ने माग गरे ,

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

नियतमा समस्या छैन, समानुपातिक उम्मेदवार सूची सच्याइछौ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा भएका त्रुटि सच्याइने बताए...

गोरखाको बारपाकमा ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

सुलीकोट। गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना। ५ ख। ९२७१ नम्बरको ट...

नेपालको राजनीति इतिहासकै कठिन मोडमा छ, बाहिर निस्कन गम्भीर समीक्षाको आवश्यकता: नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएको छन्। ...

मधेस प्रदेशमा ६ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...

रवि लामिछाने पोखरा आइपुगे

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...

पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्यो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...

विमानस्थल सुधारका लागि दुई महिनाभित्र स्पष्ट कदम चाल्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending