Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

त्यस समय पनि एनसेलले कर तिर्नुपर्छ भनेर मैले नै लडेको हुँ: प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेको छन् । 

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी छलफलमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै नियामक निकायका सल्लाह, सुझाव र समन्वयमा नै समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । उनले पर्याप्त छलफल, बहस र साझा निष्कर्षका आधारमा समिति बनाइएको पनि जानकारी दिए। प्रधानमन्त्री दाहालले समितिको कामकारबाहीबाट नियामकको नियमनकारी अधिकारमा कुनै हस्तक्षेप र असर नपार्ने उल्लेख गर्दै नियामकले आफ्नो भूमिका पूरा गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले छानबिन समितिका संयोजकका सम्बन्धमा अनावश्यक टीकाटिप्पणी नगर्नसमेत आग्रह गरे। शेयर खरिदबिक्री सम्बन्धी स्वीकृति दिने नियामक निकाय हुँदाहुँदै किन छानबिन समिति गठन गरिएको हो भन्ने सांसदको जिज्ञाशामा उनले यस प्रकरणमा राजस्व छली र सरकारमा स्वामित्व हस्तान्तरण हुने सम्बन्धमा छानबिन र अनुसन्धान गर्न समिति गठन गरिएको प्रस्ट्याए । 

प्रधानमन्त्री दाहालले भने, “नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छ, सो अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ, यसो गर्न प्राधिकरणलाई कुनै रोकटोक गर्ने मनसाय राखिएको छैन ।”

उनले यो प्रक्रियामा राजस्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणको सम्बन्धमा कानुनी व्यवस्थाको उल्लङ्घन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पर्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकाले समिति बनाइएको प्रस्ट गरे । 

राष्ट्र र जनताको हितविपरीत हुन खोजेको चलखेल रोक्न सरकार दृढ रहेको उनको भनाइ थियो । एनसेलको शेयर किनबेचका सम्बन्धमा आफूले पनि सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले दूरसञ्चारसम्बन्धी कानुनमा व्यवस्था भएबमोजिम शेयर खरिदबिक्री प्रक्रियामा एनसेल नआएकाले आफूले आधिकारिक रुपमा थाहा नपाएको उनले बताए । 

“जुन दिन थाहा पाइयो, त्यहाँ गडबड भएको छ भन्ने भएपछि तुरुन्तै प्रक्रियामा गइयो”, प्रधानमन्त्री दाहालले भने । अघिल्लो पटक पनि एनसेलको करसम्बन्धी प्रकरणमा आफूले तत्कालीन सार्वजनिक लेखा समितिमा सो कम्पनीले कुनै पनि हालतमा नेपालमा कर तिर्नुपर्छ भनेर अडान लिएको स्मरण गर्दै उनले भने, “त्यस समय पनि एनसेलले कर तिर्नुपर्छ भनेर मैले नै लडेको हुँ ।”

पछिल्लो प्रकरणसम्म आइपुग्दा जालझेलपूर्ण रुमपा एनसेलको शेयर खरिदबिक्री गरेर कर छल्ने तथा स्वामित्व हस्तान्तरण नगर्ने नियत स्पष्ट देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै मिलेर राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक लड्नुपर्ने बताए। “रु एक सय ४३ अर्बको कम्पनीलाई रु छ अर्बमा बिक्री गर्ने निर्णय पारदर्शी र प्राकृतिक छैन, यसलाई हरहालतमा नेपाल सरकरको स्वामित्वमा ल्याउन सबैले सामूहिक पलह गर्नुपर्छ”, उनले भने। 

सांसदको सुझावले सरकारलाई एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा दृढतापूर्वक अघि बढ्न सहयोग मिलेको उनको भनाइ छ । 

समिति सदस्य राजेन्द्र पाण्डेले राज्य संयन्त्रलाई विश्वास गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै यससम्बन्धमा दूरसञ्चार प्राधिकरणलाई छानबिन गरेर कारबाही गर्ने जिम्मेवारी दिइनुपर्ने बताए। सांसद रघुजी पन्तले प्राधिकरणले प्रभावकारी ढङ्गले काम गरे छानबिन समिति आवश्यक नपर्ने धारणा व्यक्त गरे । उनले छानबिन समिति भङ्ग गर्न सरकारलाई सुझावसमेत दिए । 

सांसद रवि लामिछानेले राज्यका प्रणालीलाई बलियो बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिँदै दूरसञ्चार प्राधिकरणले गर्न सक्ने काम हुँदाहुँदै किन छानबिन समिति बनाइयो भनेर प्रश्न गरे। सांसद बलराम अधिकारीले दूरसञ्चारसम्बन्धी ऐनको बर्खिलाप हुने गरी एनसेलको शेयर खरिदबिक्री गरिएकाले तत्काल कारबाही गर्नुपर्ने माग गरे ,

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending