Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गुण्डा नाईकेद्धारा अात्मसर्मपण

\"regalनेपालगन्ज । नेपालगन्ज–८ का चेतन मानन्धरको हत्यापछि फरार रहेका नेपालगंजका गुण्डा नाईके रिगल ढकालले सोमबार अदालतमा आत्मसर्मपण गरेका छन् ।

प्रहरीले हत्यामा उनको मुख्य संलग्नता रहेको दाबी गर्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । प्रहरीले लामो समयदेखि खोजे पनि फेला पार्न नसकेको अवस्थामा रिगल सोमबार बिहान साढे १० बजे आफै उपस्थित भएका थिए । जिल्ला अदालतका श्रेस्तेदार दण्डपाणी लामिछानेका अनुसार अभियुक्त ढकालले अदालतमा पुगेर बयान दिएका हुन् ।

अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाको बेन्चमा बयान लिईएको लामिछानेले बताए । गुण्डा नाईके आफैं अदालतमा हाजिर भएपछि अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो  । हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका विशाल भन्ने छविलाल बस्नेत, यम बहादुर बुढामगर, मनिष चौलागाई, प्रशान्त भन्ने प्रेम ध्वज गौतम, नवराज खत्री, केशव बहादुर रोकाय र मोहनलाल खड्कालाई पनि अदालतको आदेश पछि कारागार चलान गरिएको छ । अदालतमा बयानका क्रममा यसअघि विशाल भन्ने छविलाल बस्नेतले हत्या आफुले गरेको बयान दिएको स्रोतको भनाइ छ । अन्य अभियुक्तहरुलाई जोगाउन बस्नेतले चेतनको हत्या आफुले गरेको बयान दिएको अदालत श्रोतले बताएको छ । नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझी नजिकै चेतनमाथि दिनदहाडै खुडा प्रहार भएको थियो । चेतनको नेपालगन्जमा उपचार असम्भव भएपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । काठमाण्डौमा गुण्डा नाईके कुमार श्रेष्ठ घैंटेको प्रहरी कारवाहीमा मृत्युभएपछि डराएर उनी आफै अदालत उपश्थित भएको आशंका प्रहरीले गरेको छ । रिगल पक्षका वकिलहरुले आत्मसमर्पणको सुझाव दिएपछि काठमाडौंबाट नेपालगन्ज आएर उनले आत्मसमर्पण गरेको बताईएको छ ।

कांग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका  उनी प्रधानमन्त्री शुशिल कोईरालाको गृहनगर नेपालगन्ज रहेर बिभिन्न गैरकानुनी कृयाकलामा संलग्न हुदै आएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending