Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

रुसी सेनामा नेपाली युवाकोे लर्को, पुटिनको कार्यालय भन्छ- विदेशी नागरिकले सेवा गर्न पाउँदैनन्

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिकहरूलाई तत्काल फर्काउन माग गरिरहँदा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले नेपालीहरू त्यहाँको सेनामा कार्यरत रहेको र हताहत भएको भन्नेबारे ‘कुनै जानकारी’ आफूसँग नभएको जनाएको छ।

रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीले सोधेको प्रश्नमा जबाफ दिँदै त्यसो भनेको हो। केही दिनअघि मात्रै नेपालका प्रधानमन्त्रीले झन्डै २०० जना भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको हुनसक्ने बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही नेपालीहरू युक्रेनी सेनामा कार्यरत रहेको पनि सूचना प्राप्त भएको बताएका थिए। नेपालको परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जना नेपालीको निधन भएको भन्दै तीनको शव यथाशीघ्र नेपाल पठाउन र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो।

प्रतिक्रिया के छ?

नेपालको परराष्ट्र मन्त्रालयले क्रेम्लिनलाई एउटा कूटनीतिक नोट पठाउँदै परम्परागत रूपमा सम्झौता भएका देशहरूबाहेक अन्य देशहरूका सेनामा नेपाली नागरिकहरूलाई भर्ना हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको उल्लेख गरेको थियो।

उक्त कूटनीतिक नोटमा नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुस सरकारसँग माग गरिएको छ।

नेपाल सरकारले आपत्ति जनाएका बुँदा र माग गरेका क्षतिपूर्तिसहितका विषयमा रुसको प्रतिक्रिया लिने प्रयास गरेको थियो। इमेलमार्फत पठाइएका प्रश्नको जवाफ दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले भनेको छ, “यो विषयबारे हामीलाई कुनै पनि जानकारी छैन। विदेशीहरू रुसी सेनामा सेवा गर्न पाउँदैनन्।”

बीबीसी न्यूज नेपालीले सोही प्रकृतिका प्रश्नहरू काठमाण्डूस्थित रुसी राजदूतावासलाई पठाएको भए तापनि तीनको जवाफ भने आएको थिएन।

'रुसी सेनाले नै स्वीकार गरेको हो'

नेपाली नागरिकहरू आफ्नो सेनामा रहेको विषय रुसको सेनाले नै स्वीकार गरेको नेपाली अधिकारीहरू बताउँछन्।

डेढ साताअघि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति रुस युक्रेनबीचको लडाइँका क्रममा रुसको पक्षबाट लड्दा ज्यान गुमाएका ६ जना नेपालीको नाम र ठेगाना समेत उल्लेख गरिएको थियो।

मस्कोस्थित नेपाली राजदूत मिलनराज तुलाधरले नेपालीहरू “त्यहाँ गएको र उनीहरूको मृत्यु भएको” भन्ने खबर आफूहरूले पाएको बताउँछन्।

“रुसको सेनाबाट नै त्यो जानकारी पाएका हौँ। त्यही भएर छैन भन्न मिल्दैन। बाँकी सूचना चाहिँ हामीले लिन खोजिरहेका छौँ,” उनी भन्छन्, “स्वेच्छाले हामी रुसी सेनामा भर्ना हुन्छौँ भनेर उनीहरू यहाँ आएका हुन्।”

रुसी सेनामा हाल कति नेपाली कार्यरत छन् भन्ने सङ्ख्या थाह नभएको राजदूत तुलाधरले बताए। नेपालले पठाएको भनिएको कूटनीतिक नोटको क्रेम्लिनबाट कुनै जवाफ नपाइसकेको अधिकारीहरू बताउँछन्।

ज्यान गुमाएका भनिएका ६ नेपालीहरूको शव फिर्ता ल्याउने प्रयास गरे पनि खासै प्रगति नभएको सङ्केत राजदूत तुलाधरले गरे। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीको रिहाइका लागि पनि पहल भइरहेको जनाएको थियो।

प्रधानमन्त्री कार्यालय के भन्छ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, “रुसी सेनाको तर्फबाट नेपाली दूतावासलाई नै सम्बोधन गरेर केही मारिए भनेर चिठ्ठी आयो। त्यसपछि नेपालले त्यहाँ कति छन् सबैलाई फिर्ता पठाउनु भनेर कूटनीतिक नोट पठाएको हो।”

उनले अहिले अध्ययन वा भ्रमण भिसामा गएका व्यक्तिहरू पनि रुसी सेनामा भर्ना भएको सूचना आएको उल्लेख गर्दै त्यसलाई कडा गर्ने नीति सरकारले लिएको जनाए।

“केही मारिएकै व्यक्तिहरू...भ्रमण वा अन्य काममा गएका थिए। नेपाल सरकार र रुसबीच छात्रवृत्तिको कोटा भनेर जुन सम्झौता भएको छ, त्यो बाहेक सबै किसिमका भ्रमण भिसाहरू रोक्ने कुरा भएको छ,” आचार्यले थपे।

“किनभने ६ जनाको निधन भइसक्यो र अरू पनि सेनामा छन् भन्ने कुरा आयो। यो गम्भीर विषय हो। अहिले विमानस्थलबाटै रोक्ने भन्ने छ।”

यसअघि नेपाल प्रहरीले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पठाउन सक्रिय रहेको गिरोहमाथि निगरानी बढाइएको जनाएको थियो।

प्रहरीले रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पुर्‍याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय 'कन्सल्टेन्सी' को कार्यालयका सञ्चालकसहित १२ जना पक्राउ गरिएको अघिल्लो साता जनाएको थियो। गएको जुनमा नै नेपाली युवाहरू रुसी सेनामा भर्ना भइरहेका विवरणहरू प्रकाशित भएका थिए।

त्यसबेला सरकारले रुसी सेनामा नेपालीहरू भर्ना हुन नीतिगत रूपमा नमिल्ने भन्दै त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको थियो।

एउटा त्रिपक्षीय सम्झौता अनुसार भारत र ब्रिटेनको सेनामा भर्ना हुने गरेका नेपाली गोर्खाहरू साहसिक युद्धकलाका लागि विश्वभर प्रख्यात मानिन्छन्।

भारतीय सेनाले ल्याएको अग्निवीर नामक नयाँ सैनिक अभियान अन्तर्गत नेपाली युवाहरूको भारतीय गोर्खा रेजिमेन्टहरूमा भर्ना रोकिएका भन्ने विवरणहरू माझ उनीहरू मस्कोको सेनामा भर्ती भएका विवरणहरू आएका हुन्।

रुसी राष्ट्रपति कार्यालयले राखेका धारणाले ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउन र रुसी सेनामा आबद्ध भएका भनिएका नेपालीलाई घर फर्काउन सरकारले व्योहोर्नुपर्ने चुनौतीको दायरालाई सङ्केत गर्ने कतिपयले ठानेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending