काठमाडौं । अमेरिका र इजरायलबीच हमासविरुद्धको कारवाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे विचार गरिरहेको छ।यस सम्बन्धमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेताहरूलाई निशाना बनाउन सक्ने बताएका छन्।
रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विष्फोट र भूमिगत कारबाहीको सट्टा हमासका आतंककारी नाइकेहरुलाई ९नेताहरु० प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ। यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब १ हजार दुई सय जनाको मृत्यु भएको थियो। इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकी सल्लाहकार जेक सुलिवानले आफ्नो इजरायल भ्रमणका क्रममा यस युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन्। अब हमास नेताहरू र तिनीहरूको गुप्तचर कार्यहरूलाई लक्षित गर्दै थप आक्रमणहरू गरिनेछ।
इजरायलको प्रमुख निशानाहरूमा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ।उनलाई अक्टोबर ७ को हमलाको मास्टरमाइन्ड मानिन्छ। हमासका नम्बर दुई कमाण्डर मारवान इसा पनि इजरायली सेनाको निशानामा छन्। गाजामा हमास नेता याह्या सिनवारलाई पनि मार्ने प्रयास भइरहेको छ।
सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँग बिहीबार भेट गरेको बताए। त्यसमा सेनाका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि अन्तर्राष्ट्रिय समूदाय इजरायलविरुद्ध बन्दै गएको चेतावनी दिएका थिए। इजरायली अधिकारीहरूसँगको बैठकपछि सुलिवानलाई अमेरिकाले सैन्य सहायता रोक्न सक्छ कि भनेर सोधिएको थियो। उनले जवाफ दिन अस्वीकार गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: