काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व गरिरहेको संस्थापनइतर खेमाको बैठक बुधवार भइरहेको थियो। त्यही बेला महामन्त्री गगनकुमार थापालाई सभापति शेरबहादुर देउवाको तर्फबाट तारन्तार फोन आइरहेको थियो।
एक नेताका अनुसार त्यसपछि थापाले छिटो निस्किने भन्दै आफ्नो धारणा राखे। त्यस क्रममा उनले संसदीय दलको नेता परिवर्तन गर्न कोइरालाको नाम प्रस्ताव गरे।
त्यसको अर्थ र प्रभावबारे नेताहरूले आआफ्नै ढङ्गले व्याख्या र विश्लेषण गरिरहेको पाइन्छ। “गगनजीले पहिला म उठेँ, मैले पार गर्न सकिनँ। विकल्पमा शेखरजी नै तयार भएर पनि संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभएको हो,” नेता अर्जुन नरसिंह केसीले बीबीसीलाई जानकारी दिए।
शेखर कोइरालाको मन्जुरी र अरूको समर्थन
महाधिवेशनमा देउवालाई सभापतिमा चुनौती दिएका कोइरालाको खेमाबाटै थापा महामन्त्री उम्मेदवार बनेका थिए।
संसदीय दलको नेताको चुनावमा भने कोइरालाको समर्थनमा थापा उम्मेदवार भएका थिए। थापाको प्रस्तावमा आफूहरूको पनि समर्थन रहेको नेता केसीले बताए।
उनले भने, “वस्तुगत परिस्थितिको विश्लेषण र समीक्षा गरेर त्यसलाई अघि बढाउन हामी पनि गम्भीर नै छौँ।” कोइरालानिकट नेताहरूमा पनि त्यसले एक खालको उत्साह थपिदिएको पाइन्छ।
उनीनिकट सांसद राजेन्द्र बजगाईँले थापाको प्रस्तावमा आफूहरूले समर्थन जनाएको सुनाए। उनका अनुसार देउवाको विकल्प खोज्न अगुवाइ गर्ने प्रस्तावमा कोइरालाले पनि मन्जुरी दिएका छन्।
“उहाँले पनि प्रस्ताव स्वीकार गर्नुभयो र म नेतृत्व गर्छु भन्नुभयो,” सांसद बजगाईँ भन्छन्, “जसरी गाडी गुडाउन बाटो बनाउनुपर्छ, नेतृत्व लिन अग्रसर भए पछि नै वातावरण अनुकूल हुन्छ।”
गगन थापाको उमेर हद र शेखर कोइरालाको नारा
पछिल्ला दिनहरूमा कोइराला खेमामा विभाजन देखा परेको समाचार आइरहेका थिए। गगन थापा सहभागी नहुने खबरहरूबीच सहमति गरेर बैठक सारेर एक दिन पछि गरिएको बताइएको छ।
उक्त बैठकपछि आपसी संवादको कमी भएको स्वीकार समूह "एक ढिक्का" रहेको नेताहरूले बताएका छन्। तर संसदीय दलको नेतामा कोइरालालाई अघि सारेर के थापा आफू सभापतिमा अघि सर्न खोजेका त हैनन्?
सांसद बजगाईँका अनुसार अघिल्लो पटक संसदीय दलको नेताको उम्मेदवार बन्दा महामन्त्री थापाले आगामी महाधिवेशनमा कोइराला सभापतिको उम्मेदवार हुने बताएका थिए।
“गगन थापाको ५५ वर्षको उमेर हद र शेखर कोइरालाको 'यसै पटक एकै पटक' भन्ने नारा त्यही बेला खारेज गरिएको हो, त्यसमा बेइमानी नहोला,” उनले भने।
भावी सभापतिबारे केसी मौन
नेता अर्जुन नरसिंह केसीले भने अहिले भावी सभापतिबारे कुनै प्रतिबद्धता नजनाउने बताए।
एक दाबेदारको रूपमा रहेका थापा आफैँले "सामूहिक रूपमा अघि बढौँ" भन्ने प्रस्ताव राखेको कुरालाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको उल्लेख गर्दै केसीले भने, “पछि कसरी जाने भन्नेबारे बसेर छलफल गरेर टुङ्ग्याउँछौँ।”
उनले अरू पार्टीहरूले 'मिशन २०८४' भने पनि आफ्नो पार्टीको निम्ति 'मिशन २०८२' भएको बताए। “अहिले देखिएका निराशा र अविश्वासको खाडल पुर्ने गर्ने गरेर नयाँ दिशा दिने सङ्कल्पका साथ नीति, संरचना र नेतृत्वमा परिवर्तन भयो भने हामीले जुनसुकै परिस्थितिको पनि मुकाबिला गर्न सक्छौँ,” केसीको धारणा छ।
आगामी महाधिवेशनमा देउवा सभापतिमा चुनाव नलड्ने अनुमानबीच भावी समीकरणबारे अन्योल र अनुमान जारी छ। देउवाले आफ्नै खेमाबाहिरबाट समेत उत्तराधिकारी खोज्न सक्ने एक थरीको आकलन पाइन्छ। त्यसलाई ध्यानमा राखेर कोइराला खेमामा विकल्पको नयाँ बहस सुरु भएको विश्लेषण गर्नेहरू पनि छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: