Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

२०२४ जनवरीसम्म स्थगित भयो जुल्फिकार अली भुट्टोको मृत्युदण्डको सुनुवाइ

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार लामो समयदेखि चलिरहेको राष्ट्रपतिको सन्दर्भको सुनुवाइ स्थगित गरेको एआरवाई न्युजले बताएको छ । राष्ट्रपतिको सन्दर्भले पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सन् १९७९ मा दिइएको विवादास्पद मृत्युदण्डको सजायको पुनः अनुसन्धान गर्न माग गरेको छ ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको सर्वोच्च अदालतको नौ सदस्यीय इजलासले मुद्दाको सुनुावाइ गरिरहेको छ । इजलासमा अन्य न्यायाधीशमा सरदार तारिक मसुद, मन्सुर अली शाह, याह्या अफ्रिदी, अमिनुद दिन खान, जमाल खान मन्डोखाइल, मोहम्मद अली मजहर, सइद हसन अजहर रिजवी र मुसर्रत हिलाली रहेका छन् ।

यसअघि पूर्वप्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीले राष्ट्रपतिको सन्दर्भमा पाँचवटा सुनुवाइ गरेका थिए । अन्तिम सुनुवाइ सन् २०१२ नोभेम्बर ११ मा भएको थियो । सन् २०११ अप्रिल २ मा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक जुल्फिकार भुट्टोको मामिला पुनः खोल्नका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । भुट्टोलाई सन् १९७९ अप्रिल ४ मा रावलपिन्डीमा फाँसी दिइएको थियो ।

एआरवाई न्युजका अनुसार सन् २०११ मा पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पिपिपीका संस्थापक भुट्टोको मुद्दाको समीक्षाका लागि संविधानको धारा १८६ अन्तर्गत राष्ट्रपतिको सन्दर्भसहित सर्वोच्च अदालत पुगेको थिए ।

भुट्टोलाई पूर्वसैन्य शासक जनरल ९सेवानिवृत्त० जियाउल हकको शासनकालमा मृत्युदण्ड दिइएको थियो । मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री भुट्टोमाथि उनका राजनीतिक प्रतिद्वन्द्वी नवाब मोहम्मद अहमद कसुरीको हत्या गरेको आरोप लगाउँदै मुद्दा चलाइएको थियो । विभिन्न सरकार प्रमुखहरूको माफीका लागि निवेदन र आग्रहका बावजुद भुट्टोलाई फाँसी दिइएको थियो ।

उक्त मुद्दाको सुनुवाइ अब जनवरीको दोस्रो सातासम्मका लागि स्थगित गरिएको छ । यसैबीच सर्वोच्च अदालतले भुट्टोलाई दिइएको मृत्युदण्डमाथि पुनःविचार गर्ने राष्ट्रपतिको सन्दर्भको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले आज जारी गरेको विज्ञप्तिअनुसार भुट्टोको मामिलाको सुनुवाइको सरकारी टेलिभिजन पिटिभीमा प्रत्यक्ष प्रसारण गरिने छ ।

पिपिपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सन् १९७९ मा मृत्युदण्डको सजाय सुनाइए पनि जुल्फिकार अली भुट्टोको विरासत कायम रहेको भन्दै निवेदन पेस गरेका थिए । एआरवाई न्युजका अनुसार बिलावल भुट्टो जर्दारीले सर्वोच्च अदालतसमक्ष सुनुवाइको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिन आग्रह गरेका छन् ।

जुल्फिकार अली भुट्टोले सन् १९७१ देखि सन् १९७३ सम्म पाकिस्तानको चौथो राष्ट्रपति र सन् १९७३ देखि सन् १९७७ सम्म नवौँ प्रधानमन्त्रीका रूपमा सेवा गरेका थिए । उनले भारतका प्रधानमन्त्री इन्दिरा गान्धीसँग शिमला सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending