काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार लामो समयदेखि चलिरहेको राष्ट्रपतिको सन्दर्भको सुनुवाइ स्थगित गरेको एआरवाई न्युजले बताएको छ । राष्ट्रपतिको सन्दर्भले पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सन् १९७९ मा दिइएको विवादास्पद मृत्युदण्डको सजायको पुनः अनुसन्धान गर्न माग गरेको छ ।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको सर्वोच्च अदालतको नौ सदस्यीय इजलासले मुद्दाको सुनुावाइ गरिरहेको छ । इजलासमा अन्य न्यायाधीशमा सरदार तारिक मसुद, मन्सुर अली शाह, याह्या अफ्रिदी, अमिनुद दिन खान, जमाल खान मन्डोखाइल, मोहम्मद अली मजहर, सइद हसन अजहर रिजवी र मुसर्रत हिलाली रहेका छन् ।
यसअघि पूर्वप्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीले राष्ट्रपतिको सन्दर्भमा पाँचवटा सुनुवाइ गरेका थिए । अन्तिम सुनुवाइ सन् २०१२ नोभेम्बर ११ मा भएको थियो । सन् २०११ अप्रिल २ मा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक जुल्फिकार भुट्टोको मामिला पुनः खोल्नका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । भुट्टोलाई सन् १९७९ अप्रिल ४ मा रावलपिन्डीमा फाँसी दिइएको थियो ।
एआरवाई न्युजका अनुसार सन् २०११ मा पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पिपिपीका संस्थापक भुट्टोको मुद्दाको समीक्षाका लागि संविधानको धारा १८६ अन्तर्गत राष्ट्रपतिको सन्दर्भसहित सर्वोच्च अदालत पुगेको थिए ।
भुट्टोलाई पूर्वसैन्य शासक जनरल ९सेवानिवृत्त० जियाउल हकको शासनकालमा मृत्युदण्ड दिइएको थियो । मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री भुट्टोमाथि उनका राजनीतिक प्रतिद्वन्द्वी नवाब मोहम्मद अहमद कसुरीको हत्या गरेको आरोप लगाउँदै मुद्दा चलाइएको थियो । विभिन्न सरकार प्रमुखहरूको माफीका लागि निवेदन र आग्रहका बावजुद भुट्टोलाई फाँसी दिइएको थियो ।
उक्त मुद्दाको सुनुवाइ अब जनवरीको दोस्रो सातासम्मका लागि स्थगित गरिएको छ । यसैबीच सर्वोच्च अदालतले भुट्टोलाई दिइएको मृत्युदण्डमाथि पुनःविचार गर्ने राष्ट्रपतिको सन्दर्भको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले आज जारी गरेको विज्ञप्तिअनुसार भुट्टोको मामिलाको सुनुवाइको सरकारी टेलिभिजन पिटिभीमा प्रत्यक्ष प्रसारण गरिने छ ।
पिपिपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सन् १९७९ मा मृत्युदण्डको सजाय सुनाइए पनि जुल्फिकार अली भुट्टोको विरासत कायम रहेको भन्दै निवेदन पेस गरेका थिए । एआरवाई न्युजका अनुसार बिलावल भुट्टो जर्दारीले सर्वोच्च अदालतसमक्ष सुनुवाइको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिन आग्रह गरेका छन् ।
जुल्फिकार अली भुट्टोले सन् १९७१ देखि सन् १९७३ सम्म पाकिस्तानको चौथो राष्ट्रपति र सन् १९७३ देखि सन् १९७७ सम्म नवौँ प्रधानमन्त्रीका रूपमा सेवा गरेका थिए । उनले भारतका प्रधानमन्त्री इन्दिरा गान्धीसँग शिमला सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: