Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

प्रधानमन्त्री कसको घेरामा छन् ? राजीनामापछि हरिबोल गजुरेल भन्छन्- कुरा नमिलेपछि अलग भएँ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका छन्।

आफूले दिएको राजीनामाबारे मौन रहेका उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेको खुलाएका हुन्।

कुरा नमिल्ने अवस्था हालसालै आएको बताए पनि उनले समय भने खुलाएनन्।

उनले बीबीसीसँग भनेका छन्, “पछिल्लो समयमा (कुरा नमिलेको) हो, खास विवाद त होइन। मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन।”

नेता गजुरेलका अनुसार राजीनामाको विन्दुसम्म आइपुग्न एउटा घुम्तीले काम गरेको छ।

आफ्नो कुरा नसुनिएपछि त्यो घुम्ती आइपुगेको बताउँदै गजुरेलले भने, “खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ। अनि म त्यो भूमिकाबाट अलग भएँ।”

तीन सम्भावना र गजुरेलको हाँसो

प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए। गजुरेलले मङ्सिर २० गते राजीनामा दिएका हुन्।

“भोलि विभिन्न प्रश्नहरू उठ्छन्, त्यसको जबाफ दिनुपर्छ,” नेता गजुरेलले भविष्यमा सम्भावित विवादको डर लागेको सङ्केत गर्दै भने, “त्योभन्दा राम्रो कुरा, विषयवस्तु स्पष्ट पारेर छोडेपछि सम्बन्ध पनि सहज बनिरहने भयो।”

उनले त्यसलाई नीतिगत विषय भनेका छन्। त्यसबारे बीबीसीले तीन सम्भावनाबारे जिज्ञासा राखेको थियो।

के नेपाली कांग्रेससँग सरकार चलाएर चाहेको जस्तो काम गर्न सकिन्न भन्ने निचोड हो?
“होइन। त्यससँग सम्बन्धित छैन।”

समाजवादको लक्ष्य प्राप्त गर्न अब वामपन्थी सहकार्य गर्न आवश्यक छ भन्ने हो? “अहिलेको सन्दर्भमा त्यो पनि होइन।”

त्यसो भए सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ बन्न सकेन बरु कतिपय सन्दर्भमा त्यसमा उसले मलजल गर्‍यो भन्ने ठम्याइ हो?

उनी हाँसे, “अब तपाईँले अर्थ त जे लगाए पनि भयो।”

उनी आफूले सरकारलाई सफल बनाउन धेरै मेहनत गरेको ठान्छन्।

त्यसमा आफूलाई गर्व रहेको उल्लेख गर्दै नेता गजुरेलले भने, “तर पछिल्ला दिनहरूमा हामीले सोचे जस्तो भने जस्तो नहुँदा केही समस्याहरू आए।”

प्रधानमन्त्री कसको घेरामा छन्?

सरकारको नेतृत्व गर्ने पार्टी र नेताहरूमाथि बिचौलिया र परिवादको घेरामा परेको आरोप लाग्ने गर्छ। प्रचण्ड नेतृत्वको सरकारमाथि पनि त्यो प्रश्न पछिल्ला दिनहरूमा जोडदार रूपमा उठ्न थालेको पाइन्छ।

केही समयअघि प्रधानमन्त्रीकी छोरीमाथि लगाइएको आरोप प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ। गजुरेलले पनि बिचौलिया वा परिवारका सदस्य हाबी भएका कारण आफू निस्किएको कुरा स्वीकार गरेनन्।

आफ्नो सल्लाह बेवास्ता गरिएको सन्दर्भ उल्लेख गर्दै उनले भने, “सल्लाहकारको रूपमा मेरो कुरा सुन्नैपर्ने बनाएको थिएँ, नसुनिएपछि अलग भएँ।”

उनले आफूले प्रधानमन्त्रीसँग उठाएको ‘नीतिगत’ विषय राजीनामा पत्रमा पनि उल्लेख गरेको जानकारी दिए। त्यो कुरा राजीनामा स्वीकृत भइसकेपछि खुलाउने उनको भनाइ छ।

माओवादी केन्द्रका एक नेताका अनुसार नेता गजुरेलले गृह मन्त्रालयमा पुगेर पनि "केही विषय" राखेका थिए। तर त्यसबारे पनि उनले केही खुलाउन चाहेनन्। “मैले पार्टीकै साथीहरूलाई समेत केही भनेको छैन, राजीनामा स्वीकृत भएपछि भनूँला,” गजुरेलले हाँस्दै कुराकानी टुङ्ग्याए।

त्यसबारे प्रधानमन्त्रीका स्वकीय सचिव तथा माओवादी केन्द्रका नेता रमेश मल्लसँग प्रतिक्रिया लिने खोज्दा सम्पर्क हुन सकेन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending