Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पूर्व राष्ट्रपतिको मूल्यांकनमा भारतीय प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

काठमाडौं ।  कुनैबेला भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका निकटस्थ विश्वासपात्र रहेका स्वर्गीय पूर्व राष्ट्रपति तथा कांग्रेस नेता प्रणव मुखर्जीले आफ्नी छोरी शर्मिष्ठासँग भनेका थिए, इन्दिरा पछि जनताको नाडी छामेर उनीहरुको भावना महसुस गर्ने क्षमता कसैसँग छ भने त्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र छ ।

शर्मिष्ठा मुखर्जीले आफ्ना पितासँगको कुराकानीलाई संस्मरणका रुपमा प्रकाशन गर्न लागेको पुस्तक ‘प्रणब, माई फादरः ए डेटर रिमेम्बर्स’ मा वर्णन यी प्रसंग उल्लेख गरेकी छन् । उनको डायरीबाट धेरै रोचक प्रसंगहरु पुस्तकमा समावेश गरिएको छ ।

कुनैबेला भारतको प्रधानमन्त्री बन्ने चाहना  राखेका तर परिस्थितिले देशको राष्ट्रपति बन्न वाध्य पारिएका प्रणवले छोरी शर्मिष्ठासँग गरेका कुराकानी पुस्तकमा समावेश गरिएको छ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीप्रति प्रणवको दृष्टिकोण पनि अरुको भन्दा फरक थियो भन्दै शर्मिष्ठाले पितालाई भारत रत्न प्रदान गरिएको समारोहमा उनले कैयौं रोचक प्रसंगहरु चर्चा गरेको उल्लेख गरेकी छन् ।

शर्मिष्ठाका अनुसार उनका पिता प्रधानमन्त्री बन्न इच्छुक भए तापनि कांग्रेस नेता सोनिया गान्धीले उनको कार्यक्षेत्रमा दख्खलमा दिने र सन् २००४ मा अर्का नेता मनमोहन सिंहलाई पद सम्हाल्ने मार्ग प्रशस्त गरेर आफ्नै परिवारको हितलाई सुरक्षित गर्ने सोचेका थिए ।

सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रूपमा सेवा गरेका प्रणव मुखर्जीले आफ्नी छोरीलाई पनि भने २००४ मा यूपीएले बहुमत हासिल गरेपछि सोनियाको प्रधानमन्त्री पद त्याग्ने निर्णयबाट सम्पूर्ण कांग्रेस नेतृत्व र पार्टीका सहयोगीहरू स्तब्ध भएका थिए ।

‘द पीएम इन्डिया नेभर ह्याड’ शीर्षकको अध्यायमा शर्मिष्ठाले लेखेकी छिन्, ‘सोनियाले प्रधानमन्त्रीको दौडबाट बाहिरिने निर्णय गरेपछि मिडिया र राजनीतिक क्षेत्रमा चर्को अड्कलबाजी भएको थियो ।

‘डाक्टर मनमोहन सिंह र प्रणवको नाम पदका लागि शीर्ष दावेदारको रूपमा छलफल भइरहेको थियो। बाबा असाध्यै व्यस्त भएकाले केही दिन भेट्ने मौका पाइनँ, तर फोनमा कुरा गरेँ । मैले उहाँलाई प्रधानमन्त्री बन्ने हो कि भनेर उत्साहित हुँदै सोधेँ । उहाँको जवाफ स्पष्ट थिएन, ‘होइन, उनले मलाई प्रधानमन्त्री बनाउँदिनन् । मनमोहन सिंह हुनेछन्।तर उनले छिटो घोषणा गर्नुपर्छ । यो अनिश्चितता देशको लागि राम्रो होइन,’ शर्मिष्ठाले लेखेकी छन् ।

पूर्व राष्ट्रपतिलाई राहुल गान्धीको नेतृत्व क्षमतामा पनि शंका रहेको प्रसंग पनि सो पुस्तकमा हुने छ। प्रणवले ‘धेरै विनम्र’ र ‘प्रश्नहरूले भरिएको’ भनेर राहुलको व्यक्तित्वको चित्रण गरेको सन्दर्भ पनि रहेको छ । पूर्व राष्ट्रपति प्रणवले राहुल ‘अझै राजनीतिक रूपमा परिपक्व हुन’ समय लाग्ने बताएका थिए ।

चारदिन पछि डिसेम्बर ११मा सार्वजनिक हुने पुस्तकले कतिपय विवादास्पद विषयहरूलाई पनि उजागर गरेको शर्मिष्ठाले चर्चा गरेको दि टाईम्स अफ इन्डियाले लेखेको छ ।

भारतीय राजनीतिको शीर्ष स्थानमा बसेर सक्रिय जीवन बिताएका पूर्व राष्ट्रपति प्रणवले सबैजसो प्रधानमन्त्री र कैयौं नेताहरूसँगको सम्बन्धको बारेमा गरेका चर्चाहरु पनि पुस्तकमा समावेश रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending