जनकपुरधाम । मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेश भएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभा बैठकमा नेकपा (एमाले)का तर्फबाट संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले सो प्रस्ताव सभासमक्ष पेश गरेका थिए । बैठकको अध्यक्षता गरेकी उपसभामुख बबिता राउत ईशरले सो प्रस्ताव निर्णयार्थ पेश गर्दा ध्वनि मतका आधारमा सर्वसम्मतिले पारित भएको प्रदेशसभामा घोषणा गरिन् ।
त्यसअघि सो प्रस्तावमा नेपाली कांग्रेसका कुमरकान्त झा, जीवछी कुमारी यादव, जनता समाजवादी पार्टी (जसपा) का रामआशीष यादव, सरोजकुमार सिंह, जनमत पार्टीका सञ्जयकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रानी शर्मा तिवारी, नेकपा (एकीकृत समाजवादी) का रत्नेश्वर गोइत, नेकपा (माओवादी केन्द्र) का माला कर्ण, नेकपा (एमाले) का राजकुमार लेखी र स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंहसहितले समर्थन जनाएका थिए ।
त्यसैगरी सङ्कल्प प्रस्तावका विषयमा धारणा राख्दै मुख्यमन्त्री सरोजकुमार यादवले संविधानले प्रदान गरेको संवैधानिक अधिकार प्राप्त नहुँदा सङ्घीयताको पूर्ण कार्यान्वयनमा समस्या सिर्जना भइरहेको बताए । त्यसैकारण सङ्घीयता र गणतन्त्र विरोधी आवाज उठिरहेको उनले बताए ।
मुख्यमन्त्री यादवले सङ्घीयता आएको आठ वर्ष र प्रदेश सरकार गठन भएको छ वर्ष बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न नसकेको र प्रदेश सरकारसँग आफ्नो प्रहरी प्रशासन तथा निजामती कर्मचारी नभएकाले प्रभाकारी काम गर्न नसकिएको गुनासो गरे । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: