Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

के सरकार सस्तो प्रचारमै अल्झिएको हो ?

खबरडबली संवाददाता

काठमाडौँ । संघीय गणतान्त्रिक व्यवस्थाले समेत सामाजिक न्यायसहितको दीगो एवम् गुणात्मक आर्थिक विकासमा परिणाम दिन नसकेकोमा पार्टीहरू र सरकारप्रति कैयन जनता निरास र आक्रोसित देखिन्छन् । जनताको निरासा र आक्रोसलाई भजाएर प्रतिगामी मक्सद पूरा गर्न चाहने तत्व उत्तिकै सल्बलाएका छन् ।  

यस्तोबेला आम विश्वास निर्माण गर्न भौतिक, सामाजिक एवम् मानवीय विकासका रणनीतिक पूर्वाधार अगाडि बढाएर र कृषि तथा औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेर सिद्ध हुनुपर्नेमा प्रधानमन्त्रीसहित मन्त्रीहरू ससाना प्रचारात्मक काममा मात्रै अल्झिएको देखिनु दुःखद हो ।

यतिबेला देशको आर्थिक कारोबार निकै सुस्त छ । ब्यापार, ब्यवसाय चौपट छ । महंगी बढेको बढ्यै छ । बैंकमा पैसा छ तर सही ढंगले प्रवाह भएको छैन । ब्याजदर घटाउनैपर्ने ब्यापारी, व्यवसायीहरूको लामो समयदेखिको मागमा बैंकले सुनुवाइ गरेकै छैन । यसको सहजीकरण गर्ने, मार्गदर्शन गर्ने पहलमा सरकार देखिएको छैन । 

नेपाल आयल निगमले सम्पूर्ण ऋण चुक्ता गरेर नाफा कमाउन थालेको भन्दै यसलाई सरकारको उपलब्धिका रूपमा प्रचार गरिएको छ । तर, के आयल निगमले आफैंभित्रको सुधार सम्पन्न गर्न सकेर नाफा कमाएको हो ? कर्मचारी कटौती गरेर नाफा कमाएको हो ? कर्मचारीहरूलाई दिदैं आएको बोनस घटाएर नाफा कमाएको हो ? चुहावट कम भएर नाफा कमाएको हो ? त्यस्तो होइन र त्यस पक्षमा सरकारले पहल गरेको पनि छैन । यो त बिशुद्ध महंगोमा तेल बेचेर नाफा गरेको हो ।

तेलको महंगीले सामान ढुवानी लगायत सबै वस्त महंगो भएको छ । जनताको भान्सा महंगो भएको छ । सबैले स्पष्ट बुझेकै र भोगेकै कुरालाई पनि सरकारको उपलब्धि भन्नु स्वयं सरकारकै लागि रणनीतिक घाटा हो । पछिल्लो सुन काण्डपछि भ्रष्टाचारको विरोध र सुशासनको सरकारी नारा कमै सुनिन थालेको छ । सरकारले भ्रष्टाचारको मुद्दालाई तार्किक निश्कर्षसम्म लैजानसक्छ भन्ने जनविश्वास पछिल्लो समयमा मरिसकेको छ ।

त्यो निरासामा परिवर्तन भएको छ । यसमा अदालतसहितका निकाय पनि जिम्मेवार त छन् तर पार्टी संयन्त्र, जनसंगठन, जनता समेत परिचालन गरेर त्यसको माहोल बनाउन सकिन्थ्यो । दवाव बढाउन सकिन्थ्यो ।

केही वर्षमा राज्यको सम्पत्ति बन्ने नाफामुलक एनसेलको विक्री प्रकरणमा सरकारको रवैया के हुने ? सरकारदेखि प्रतिपक्षी समेतको यसबारेको रहस्यमय मौनताले जनतामा नकारात्मक धारणा बनिरहेको अवस्था छ । यसमा सरकारले तत्काल आफ्नो ‘पोजिशन’ स्पष्ट पार्नुपर्छ । ऐन, कानुन छलेर राज्यलाई घाटा लगाउने गरी भएका कामले मान्यता पाउन खोज्नु अर्को दुःखद संकेत हो ।

भूकम्पका कारणले प्रताडित जनतालाई गाँस, वास, लत्ताकपडा र उपचारको अझै अभाव छ । ससाना बच्चा विद्यालय जान पाइरहेका छैनन् । सबैजसो प्रमुख पार्टीका कार्यकर्ताहरूले भूकम्प क्षेत्रमा परिचालित भएर सकारात्मक पहल लिएका छन् । उद्दार, उपचार र राहतमा सरकारले पनि सकारात्मक पहल नै लिएको हो । तर, सरकारले अपेक्षित काम अझै गर्न सकेका छैन । ढिलासुस्ती छ । यसमा राज्यका सबै संयन्त्रलाई परिचालन गर्नमा सरकार कहीँ न कहीँ चुकेको छ । 

सामाजिक सञ्जालको सस्तो प्रचारबाजीबाट सरकार समेत प्रभावित भएको छ । आफ्ना निकट र आसेपासेको ससाना स्वार्थमा अल्झिएको जस्तो देखिएको छ । रणनीतिक कामतिर खासै ध्यान नदिने तर दैनिकीमै आत्मरती गर्ने सरकारी रबैयाले प्रतिगामी, धर्मभिरू एवम् विदेशीको स्वार्थमा काम गर्नेहरूलाई मलजल गरेको छ । 

जनता र राष्ट्रको पक्षमा तत्कालीन र दीर्घकालीन योजना बनाएर जानुपर्नेमा हल्काफुल्का प्रचारात्मक काममा अल्झिने, वासी तथा पट्यारलाग्दा उपदेश दिने कामले जनतामा आशा जाग्दैन । बरु व्यवस्था र परिवेशलाई दुर्घटनातिर लैजान्छ । प्रधानमन्त्री र मन्त्रीहरू संवेदनशील बनून । –समयबद्धबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending