प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने बताएकी हुन् ।
देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताइन् । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको उनको भनाइ छ ।
विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उल्लेख गर्दै मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रस्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट पारीन् ।
सामाजिक न्याय सरकारले समातेको महत्त्वपूर्ण बाटो भएको उल्लेख गदै उहाँले यो समाजमा पुग्ने पार्टीको योजनासित जोडीएको बताउँदै जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्त्वपूर्ण पाइला चालेको स्पष्ट गर्दै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पुर्याउनुपर्ने बताइन् ।
काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्नेमा उनको जोड छ । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फूट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य भएको बताइन् ।
माओवादीसित जनता एजेन्डाका कारण नभइ माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको बताउँदै माओवादीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता एजेन्डामा देश चलिरहेको भए पनि निर्वाचनमा अपेक्षित मत प्राप्त नहुनुको कारण खोजी गर्नुपर्ने बताइन् । मन्त्री शर्माले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा स्थापित गर्नुपर्ने बताइन् ।
महिला, मधेशी, जनजाति, दलित लगायत पछाडि पारिएका समुदाय माओवादीको एजेन्डाकै कारण शासन सन्चालन गर्ने हैसियतमा पुगेको स्पष्ट गर्दै मन्त्री शर्माले यसलाई पार्टी मात्रै होइन, देशको पूजीको रुपमा लिनुपर्ने बताउँदै जनताले अघि सारेका जायज माग पूरा गर्न इमान्दारितापूर्वक लाग्नुपर्ने र पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमान्दारपूर्वक राख्न मन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिइन् ।
सो क्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्माले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउदै सदस्यता प्रदान गरेकी थिइन ।
सभालाई माओवादी केन्द्रका प्रदेश सचिब कृष्ण अधिकारी, प्रदेश सदस्य बुद्ध बस्नेतलगायतले सम्बोधन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: