काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो ।
अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने छ ।
सम्झौतामा हेम–सरिता फाउण्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताको रोहबरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले हस्ताक्षर गरेका छन् ।
हेम–सरिता फाउण्डेसनका संस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । अक्षयकोषको व्याजबाट भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका लागि कलम चलाउने, पत्रकारितामार्फत सुशासनका लागि महत्वपूर्ण योगदान गर्ने पत्रकारलाई पुरस्कृत गरिने छ । पुरस्कार वितरण यसै वर्षबाट वितरण गर्ने र यस वर्षको पुरस्कारको राशि आइतबार नै फाउण्डेसनले पत्रकार महासंघ झापालाई हस्तान्तरण गरेको छ । महासंघ झापाले यस वर्षको पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ ।
आगामी वर्षबाट भने महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए । महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार व्यवस्थापनको कामलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरी लागू गर्ने तथा सबै काम कार्यविधि अनुसार गरिने जनाइएको छ ।
बिर्तामोड ४ स्थायी घर भई हाल अमेरिकाको टेक्सासमा रहेर व्यापार व्यवसायका साथै सामाजिक कार्यमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउण्डेसनले सामाजिक सँगै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।
उक्त सम्झौता कार्यक्रम महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षता, केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पाठक, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बराललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व दीपक भेटुवाल,संञ्चाकर्मीहरुको आतिथ्य रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: