दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन ।
उनले उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गर्दै भने*- ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।’
लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन । ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, ओलीले भने । नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताका बिचमा पुर्याउँ र नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्व पश्चिम मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान चलाएको ओलीले बताए । विभिन्न प्रकारका भ्रम चिर्न र राष्ट्रिय एकता कायम गर्न अभियान सञ्चालन गरिएको उनले प्रष्ट पारेका छन ।
अहिले गठबन्धनले गरेको कामको कारण विकास रोकिएको बताउँदै ओलीले त्यसो भन्दैमा देश बनाउन नसकिने भन्ने कुरा नभएको बताए । नेपाल जस्तो उर्वर देशलाई दुनियाँको आकर्षकको केन्द्र बनाउन सकिने उनले दाबी गरेका छन ।
एमालेलाई सरकारबाट हटाएको अढाई वर्षमा देशमा अराजकता र अस्थिरता पैदा भएको भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन । अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको उनकाे भनाइ छ । एमाले सकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको, देश विकासले गति लिएको उनले दावी गरेका छन । ‘फेरी पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, ओलीले भने ।
यसै प्रति जनताको अभिव्यक्ति जागोस् र जनताको बिचार के रहेछ भन्ने कुरा बुझ्न अभियान चलाएको ओलीले बताए । जनतासँग भएको तीन चारदिनको भेटले वर्तमान गठबन्धन सरकारसँग जनता वाक्य दिक्क भएको आफूले पाएको ओलीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: