Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जेनीका लागि कार्ल मार्क्सका दुई कविता

खबरडबली संवाददाता

 ‘जेनीका लागि’

जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई
मेरा गीतहरूको शीर्षक ‘जेनीका लागि’ हुन्छ किन भनी
जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास
जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास
जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह
जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान
जब तिमी दिन्छौ हर सुरलाई सुरिलोपन
जब देवीद्वारा पनि हुन्न कुनै श्वासको वहन?
किन यस्तो त्यो प्रेमिल नाम सुनिन्छ मिठो कति
अनि यसको लय-तालले मसँग भन्छ यति
अनि कति भरिपूर्ण, कति मधुर छ यसको गुञ्जन
दूर कतै आत्माहरुको कम्पन जस्तै
सुनका तार जडित सिदर्नको लय-ताल जस्तै
कुनै चमत्कारले भरिएको, जादुई जिन्दगी जस्तै ।

‘जेनी’

हेर, म भर्न सक्तछु पुस्तक कयौँ हजार
लेखेरै केवल “जेनी” हर पंक्तिमा बार-बार
फेरि पनि छिपेको हुन्छ त्यसमा विचार जगत
शाश्वत कृया अनि अपरिवर्तनीय संकल्प
पद्य मधुर जो गर्दछन् अझै कोमलताको आस
ईश्वरको सारा चमक अनि सारा प्रकाश
बेचैन दुःख पीडा र अपूर्व आनन्द-आभाष
सारा जीवन अनि सारा मेरा छन् जुन ज्ञान्
पढ्न सक्दछु म यसलाई सुदूरका ताराहरुमा
फर्की आउँछ त्यो मकहाँ पश्चिमी हावाहरुमा
भीषण लहरहरुको गर्जनामा
सत्य, लेख्नेछु म यसलाई हरेक कुनामा
आगामी सबै शताब्दीहरुका लागि
प्रेम हो जेनी, प्रेमको नाम हो जेनी ।

(सर्वहारा वर्गका महान गुरु कार्ल मार्क्सले आफ्नी जीवन संगिनीका लागि लेख्नुभएका यी दुई सुप्रसिद्ध कवितामध्ये पहिलो ‘जेनीका लागि’ र दोस्रो ‘जेनी’ शीर्षकमा प्रकाशित छन् । अनुवादः सरस्वती मोहरा)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending