‘जेनीका लागि’
जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई
मेरा गीतहरूको शीर्षक ‘जेनीका लागि’ हुन्छ किन भनी
जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास
जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास
जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह
जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान
जब तिमी दिन्छौ हर सुरलाई सुरिलोपन
जब देवीद्वारा पनि हुन्न कुनै श्वासको वहन?
किन यस्तो त्यो प्रेमिल नाम सुनिन्छ मिठो कति
अनि यसको लय-तालले मसँग भन्छ यति
अनि कति भरिपूर्ण, कति मधुर छ यसको गुञ्जन
दूर कतै आत्माहरुको कम्पन जस्तै
सुनका तार जडित सिदर्नको लय-ताल जस्तै
कुनै चमत्कारले भरिएको, जादुई जिन्दगी जस्तै ।
‘जेनी’
हेर, म भर्न सक्तछु पुस्तक कयौँ हजार
लेखेरै केवल “जेनी” हर पंक्तिमा बार-बार
फेरि पनि छिपेको हुन्छ त्यसमा विचार जगत
शाश्वत कृया अनि अपरिवर्तनीय संकल्प
पद्य मधुर जो गर्दछन् अझै कोमलताको आस
ईश्वरको सारा चमक अनि सारा प्रकाश
बेचैन दुःख पीडा र अपूर्व आनन्द-आभाष
सारा जीवन अनि सारा मेरा छन् जुन ज्ञान्
पढ्न सक्दछु म यसलाई सुदूरका ताराहरुमा
फर्की आउँछ त्यो मकहाँ पश्चिमी हावाहरुमा
भीषण लहरहरुको गर्जनामा
सत्य, लेख्नेछु म यसलाई हरेक कुनामा
आगामी सबै शताब्दीहरुका लागि
प्रेम हो जेनी, प्रेमको नाम हो जेनी ।
(सर्वहारा वर्गका महान गुरु कार्ल मार्क्सले आफ्नी जीवन संगिनीका लागि लेख्नुभएका यी दुई सुप्रसिद्ध कवितामध्ये पहिलो ‘जेनीका लागि’ र दोस्रो ‘जेनी’ शीर्षकमा प्रकाशित छन् । अनुवादः सरस्वती मोहरा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: