Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

राष्ट्रपति कार्यालयमा २० लाख कुकुर छोडिदिने किसानको चेतावनी

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव आएसँगै कृषकहरु सरकारसँग आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् । ‘कुकुर पाल्ने कृषकहरु सरकारको यो प्रस्तावबाट निकै आक्रोशित छौँ । सरकारले गरेको प्रस्ताव फिर्ता नलिए हामी २० लाख कुकुर सडकमा छोडिदिनेछौँ’, कृषक जुयो ओङ्ले भने ।

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ । सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ । सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् ।

कुकुरको मासु प्रतिबन्ध लगाउनुअघि सरकारले यससँग सरोकार राख्ने सबै व्यापार व्यवसायलाई तीन वर्ष समय दिने भनेको छ । यस्तै अन्य पेशा तथा व्यवसाय थालनीका निम्ति अनुदान समेत दिने सरकारको प्रस्ताव छ । सत्तारुढ पिपल पावर पार्टीले प्रतिबन्धपछि मासुका लागि कुकुर बिक्री वितरण गरेमा ५ करोड रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

यो विधेयकमाथि छलफलका लागि ४४ सांसद सहभागी छन् । कुकुरको मासु प्रतिबन्धको सबैभन्दा ठूलो वकालत गर्ने व्यक्ति फस्ट लेडी हुन् । उनी आफैंले पाँचवटा बिरालो र ६ वटा कुकुर पालेकी छिन् । विगतमा पनि दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रयास गरिएको थियो । तर निकै ठूलो प्रदर्शनका कारण सरकार पछि हटेको थियो ।

दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । कुकुरको मासुले शीतलता प्रदान गर्ने विश्वास त्यहाँ रहेको छ । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरायालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।

कुकरको मासुका परिकारका सवालमा त्यहाँ विभिन्न विवाद भइरहन्छन् । कुकुर घर पालुवा जनावरका रुपमा प्रख्यात भएसँगै कोरियाली चलनलाई क्रुरताका रुपमा व्याख्या भइरहेछ । कुकुर पालक कृषक संघका अध्यक्ष जोऊले आफू सार्वजनिक स्वास्थ्य र क्रुरताको सवालमा जानकार रहे पनि सुरक्षा मापदण्ड पालना गरेर कुकुर पालन हुनुपर्ने र यसले पशुपालनकै मान्यता प्राप्त गर्नुपर्ने बताउँछन् ।

सन् २००८ मा कुकुर पालनलाई अन्य पशुपालनझैँ बर्गीकरण गर्ने प्रयास भए पनि पशुअधिकारकर्मीहरुले विरोध जनाएका थिए । अन्तर्राष्ट्रिय मञ्चहरुमा कोरियाको प्रभाव विस्तार भइरहेको समयमा कुकुरको मासु खपत गर्न नहुने अधिकांशको मत छ । ‘विदेशीहरुले कोरियालाई सांस्कृतिक शक्तिका रुपमा लिइरहेको अवस्थामा र विश्वमा कोरियाली पप शैलीले ख्याती कमाइरहँदा कुकुरको मासु खपतको हाम्रो शैलीबाट विदेशी नै त्रसित हुने अवस्था छ’, प्रतिपक्षी दलका सांसद ह्वेन ये भन्छन् ।

गत वर्ष अमेरिकाको न्यूजर्सीमा कोरियाली विद्यार्थीहरुको भ्रमण कुकुरको मासु प्रकरणकै कारण रोकिएको थियो । कुकुरको मासु प्रतिनबन्धको प्रस्तावलाई अधिकारकर्मीहरुले स्वागत गरिरहेछन् । यता, कृषकहरुले भने राष्ट्रपति कार्यालय तथा विधायकहरुको घरमा २० लाख कुकुर छोडिने चेतावनी दिइरहेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending