Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रपति कार्यालयमा २० लाख कुकुर छोडिदिने किसानको चेतावनी

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव आएसँगै कृषकहरु सरकारसँग आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् । ‘कुकुर पाल्ने कृषकहरु सरकारको यो प्रस्तावबाट निकै आक्रोशित छौँ । सरकारले गरेको प्रस्ताव फिर्ता नलिए हामी २० लाख कुकुर सडकमा छोडिदिनेछौँ’, कृषक जुयो ओङ्ले भने ।

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ । सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ । सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् ।

कुकुरको मासु प्रतिबन्ध लगाउनुअघि सरकारले यससँग सरोकार राख्ने सबै व्यापार व्यवसायलाई तीन वर्ष समय दिने भनेको छ । यस्तै अन्य पेशा तथा व्यवसाय थालनीका निम्ति अनुदान समेत दिने सरकारको प्रस्ताव छ । सत्तारुढ पिपल पावर पार्टीले प्रतिबन्धपछि मासुका लागि कुकुर बिक्री वितरण गरेमा ५ करोड रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

यो विधेयकमाथि छलफलका लागि ४४ सांसद सहभागी छन् । कुकुरको मासु प्रतिबन्धको सबैभन्दा ठूलो वकालत गर्ने व्यक्ति फस्ट लेडी हुन् । उनी आफैंले पाँचवटा बिरालो र ६ वटा कुकुर पालेकी छिन् । विगतमा पनि दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रयास गरिएको थियो । तर निकै ठूलो प्रदर्शनका कारण सरकार पछि हटेको थियो ।

दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । कुकुरको मासुले शीतलता प्रदान गर्ने विश्वास त्यहाँ रहेको छ । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरायालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।

कुकरको मासुका परिकारका सवालमा त्यहाँ विभिन्न विवाद भइरहन्छन् । कुकुर घर पालुवा जनावरका रुपमा प्रख्यात भएसँगै कोरियाली चलनलाई क्रुरताका रुपमा व्याख्या भइरहेछ । कुकुर पालक कृषक संघका अध्यक्ष जोऊले आफू सार्वजनिक स्वास्थ्य र क्रुरताको सवालमा जानकार रहे पनि सुरक्षा मापदण्ड पालना गरेर कुकुर पालन हुनुपर्ने र यसले पशुपालनकै मान्यता प्राप्त गर्नुपर्ने बताउँछन् ।

सन् २००८ मा कुकुर पालनलाई अन्य पशुपालनझैँ बर्गीकरण गर्ने प्रयास भए पनि पशुअधिकारकर्मीहरुले विरोध जनाएका थिए । अन्तर्राष्ट्रिय मञ्चहरुमा कोरियाको प्रभाव विस्तार भइरहेको समयमा कुकुरको मासु खपत गर्न नहुने अधिकांशको मत छ । ‘विदेशीहरुले कोरियालाई सांस्कृतिक शक्तिका रुपमा लिइरहेको अवस्थामा र विश्वमा कोरियाली पप शैलीले ख्याती कमाइरहँदा कुकुरको मासु खपतको हाम्रो शैलीबाट विदेशी नै त्रसित हुने अवस्था छ’, प्रतिपक्षी दलका सांसद ह्वेन ये भन्छन् ।

गत वर्ष अमेरिकाको न्यूजर्सीमा कोरियाली विद्यार्थीहरुको भ्रमण कुकुरको मासु प्रकरणकै कारण रोकिएको थियो । कुकुरको मासु प्रतिनबन्धको प्रस्तावलाई अधिकारकर्मीहरुले स्वागत गरिरहेछन् । यता, कृषकहरुले भने राष्ट्रपति कार्यालय तथा विधायकहरुको घरमा २० लाख कुकुर छोडिने चेतावनी दिइरहेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending