काठमाडौँ । माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउन सबै प्रदेशलाई निर्देशन दिएको छ । भदौ १६ गते देखि ७५३ वटै पालिकाको वडामा सञ्चालन भएको तीन महिने अभियानको मीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।
अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन सातै प्रदेशलाई समय दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए । उनका अनुसार सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी रहे पनि तीन महिनाको समीक्षात्मक प्रतिवेदन तयार हुने छैन ।
सबै पालिकाबाट आएका समीक्षात्मक प्रतिवेदन केन्द्रमा आएपछि पदाधिकारी बैठक बसेर थप निर्णय हुने उनले जानकारी दिए । अभियानको कार्यतालिका थप लम्ब्याउने विषयमा कुनै छलफल नभएको ढकालले बताए ।
साउन तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले भूगोल र गैर भूगोलका इन्चार्जको जिम्मेवारी फेरफेर गरेको थियो ।
बैठकको निर्णय अनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यलाई इन्चार्ज बनाएको थियो ।
यस्तै गैर भूगोल प्रदेशअन्तर्गत उपत्यका विशेष इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय प्रदेशमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्कीलाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।
अभियानको बिचको समयमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले माओवादी केन्द्रले एक महिना समय समेत थपेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...




प्रतिकृया लेख्नुहोस्: