Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

युगान्डा टी२० विश्वकपमा : यी हुन् विश्वकप खेल्ने २० देश

खबरडबली संवाददाता

काठमाडौं। अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ।

नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको यात्रा तय गरेको हो। 

युगान्डाले ६ खेलमा ५ वटा जित्दै १० अंक जोड्यो। छनोटमा युगान्डाभन्दा अघि नै नामिबियाले एक खेल खेल्न बाँकी रहँदै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छानिइसकेको छ। 

युगान्डाको यो जितले जिम्बावेको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ।

युगान्डाको सिनियर टोली पहिलो पटक विश्वकपमा छानिएको हो। यू-१९ टोलीले भने ३ पटक विश्वकप खेलिसकेको छ।

वान्डरेस क्रिकेट मैदानमा रवान्डाले जितका लागि दिएको ६६ रनको लक्ष्य युगान्डाले ८ ओभर १ बलमा १ विकेटमात्र गुमाएर पूरा गर्‍यो। युगान्डाका लागि रौनक पटेलले १८‚ सिमोन सिसाजीले अविजित २६ रन र रोजर मुकासाले अविजित १३ रन बनाए।

टस हारेर ब्याटिङ गरेको रवान्डाले १८ ओभर ५ बलमा अल आउट हुँदै ६६ रनको कमजोर स्कोर बनाएको थियो। रवान्डाका लागि एरिक डुसिड्गीजिमानले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युगान्डाका लागि अल्पेश रामजानी, दिनेश नकर्नी,  हेनरी सेन्योन्डो र कप्तान ब्रेन मसाबाले २र२ र रिजात अली शाहले १ विकेट लिए।

यससँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी(२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ।

यी हुन् विश्वकप खेल्ने २० टोली 

अमेरिका, वेस्ट इन्डिज, अष्ट्रेलिया, इङ्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: