काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्।
प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो।
सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक बिहेको भोजबाट अकस्मात् बाहिर गए। फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए। त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए।
उक्त समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।
प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार चतुलोङ घटना भएका बेला “निकै मातेका" थिए। तर उनले किन त्यस्तो घातक काम गरे भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीका अनुसार उनले गत वर्ष बन्दुक र गोली वैधानिक रूपमै किनेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिहेमा आएका निम्तालुहरूले प्रहरीलाई बताएअनुसार भोजका बेला नवदम्पतीबीच केही भनाभन भएको थियो।
पत्नी र आफ्नो उमेरमा ठूलो भिन्नता भएकाले उनले केही असुरक्षित महसुस गरेको विवरण पनि आएको छ। तर प्रहरीले त्यसलाई अनुमान मात्र भनेको छ। आफूले प्रमाण सङ्कलन गरिसकेको र यो घटनाको छानबिन “छिट्टै” टुङ्गोमा पुग्ने उसको भनाइ छ। चतुरङ र कन्चना बिहे गर्नुअघि तीन वर्षदेखि सँगसँगै बस्दै आएका थिए।
बेहुला को हुन् ?
चतुरङले गत वर्ष इन्डोनेशियामा भएको आसियान प्यारा-गेम्समा पौडी प्रतियोगितामा रजत पदक जितेका थिए। थाईल्यान्डमा आगामी महिना हुने वर्ल्ड अबिलिटीस्पोर्ट गेम्समा उनी पनि सहभागी हुने ठानिएको थियो।
उनले थाईल्यान्डको सीमामा गस्ती लगाउने प्यारामिलिट्री लाइट इनफ्यान्ट्री फोर्समा पनि काम थिए। कामकै सिलसिलामा उनले दाहिने खुट्टा गुमाउन पुगेका थिए।
थाईल्यान्डमा कानुनी स्वीकृति लिएर बन्दुक राख्न पाइन्छ। गत महिना एउटा ब्याङ्ककको एउटा व्यापरिक मलमा गोली प्रहार हुँदा तीन जनाको ज्यान गएको थियो।
एक वर्षअघि पूर्वोत्तर थाईल्यान्डमा एक पूर्वप्रहरीले बन्दुक र चक्कु प्रहार गरी एउटा शिशुविद्यालयमा ३७ बालबालिकाको ज्यान लिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: