Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

चिहानमा गइसकेको राजसंस्था बोक्ने दुर्गा प्रसाईंबाट लघुवित्तिय समस्याको हल असम्भव

खबरडबली संवाददाता

काठमाडौं । ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’का अध्यक्ष मनिराम ज्ञावालीले अभियान्ता दुर्गा प्रसाईँ राजसंस्थाको मुद्धा त्याग्न तयार भए आफूहरु उनिसँग सहकार्य गर्ने बताएक छन् । 

संघर्ष समितिद्धारा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष ज्ञावालीले राजतन्त्रको मुद्धा बोक्ने प्रसाईबाट वित्तिय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका छन् ।

अध्यक्ष ज्ञावालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा अर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन विग्रने जिकिर गरे । 

बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरुले प्रसाईले उठाएका राजन्त्र बाहेकको वित्तिय अराजकता विरोधीे मुद्धालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै उनले दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्धा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।” 

अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञावालीले भने,“राजन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यहि आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विस्वस्थ छौं ।”
सो संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै अक्रोश व्यक्त गरे । 

आफूहरुले २२ महिना देखि आन्दोलन गर्दै आएको मुद्धा उठाएर प्रसाईंले  संघर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै भने,“ठूलो त्याग गरेर सामान्ति राजतन्त्र फल्यौं पुनः त्यसैको पुनस्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितन्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।”

सो संघर्ष समिति सुदुरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरुको र दूर्गा प्रसाईको आन्दोलन्मा आकास–पातालको अन्तर रहेको धारणा राखे । चौलागाईले सरकारले वित्तिय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।

कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।
समितिका विदेश विभाग प्रमुख गगन बहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतिको कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन दुःख पाईरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए ।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

संघर्षका कार्यक्रमहरुः
१. २०८० मंसिर ५ गते काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन ।
२. २०८० मंसिर १५ गतेदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन जारी राख्ने ।
३. २०८० मंसिर २६ गते राष्ट्र बैंक केन्द्रीत आन्दोलन,प्रदेश सममेलन सहित सुदुर पश्चिमबाट सुरु गर्ने ।
४. २०८० पुस ३ गते कर्णाली प्रदेश ।
५. २०८० पुस ८ गते लुम्बिनी प्रदेश ।
६. २०८० पुस १३ गते गण्डकी प्रदेश ।
७. २०८० पुस १७ गते बागमती प्रदेश ।
८. २०८० पुस २४ गते मधेश प्रदेश ।
९०२०८० माघ ७ गते कोशी प्रदेश ।
१०. २०८० माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन ।
११.  २०८० फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending