Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुलीकाे  कमलामाई नगरपालिका-८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज. ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ४३ वर्षीय श्याम चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै काब्या अस्पताल जनकपुर रिफर गरिएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुलीकै दुधौली नगरपालिका-७ सिमराईस्थित सडकमा प्र.१-०२-००१ ख ९६१० नम्बरको हाईसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-७ बस्ने ५९ वर्षीय गंगा बहादुर विकको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-४ बुढितोलामा से.१ ख १४३८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार १६ जनामध्ये ७ जनाको निसर्ग अस्पताल धनगढी र ९ जनाको पदमा अस्पताताल अत्तीरीमा उपचार भइरहेको छ । हाल फरार मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी पूर्वकाे  गैंडाकोट नगरपालिका-१२ उन्नति भिलेजस्थित सडकमा प्रदेश २- ०३-००१ ख ६२८४ नम्बरको टेलरमा बागमती प्रदेश ०३-००४ प ७१६५ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका-१४ अमरापुरी बस्ने ३० वर्षीय राजु क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ पत्थर खोलास्थित सडकमा लु.३ च १०२४ नम्बरको कार र लु.२ ख ५८०५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक हाल वतन नखुलेका ४५ वर्षीय हरिसुन्दर श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा प्र.२-०२-००१ प ४४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका- ४ सपही बस्ने २६ वर्षीय रंजित यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-४ लुभुमा बा.प्र.०२-०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १ जनाको उपचार भइरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending