Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुलीकाे  कमलामाई नगरपालिका-८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज. ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ४३ वर्षीय श्याम चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै काब्या अस्पताल जनकपुर रिफर गरिएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुलीकै दुधौली नगरपालिका-७ सिमराईस्थित सडकमा प्र.१-०२-००१ ख ९६१० नम्बरको हाईसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-७ बस्ने ५९ वर्षीय गंगा बहादुर विकको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-४ बुढितोलामा से.१ ख १४३८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार १६ जनामध्ये ७ जनाको निसर्ग अस्पताल धनगढी र ९ जनाको पदमा अस्पताताल अत्तीरीमा उपचार भइरहेको छ । हाल फरार मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी पूर्वकाे  गैंडाकोट नगरपालिका-१२ उन्नति भिलेजस्थित सडकमा प्रदेश २- ०३-००१ ख ६२८४ नम्बरको टेलरमा बागमती प्रदेश ०३-००४ प ७१६५ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका-१४ अमरापुरी बस्ने ३० वर्षीय राजु क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ पत्थर खोलास्थित सडकमा लु.३ च १०२४ नम्बरको कार र लु.२ ख ५८०५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक हाल वतन नखुलेका ४५ वर्षीय हरिसुन्दर श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा प्र.२-०२-००१ प ४४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका- ४ सपही बस्ने २६ वर्षीय रंजित यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-४ लुभुमा बा.प्र.०२-०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १ जनाको उपचार भइरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending