काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई सोमबार राति करिब २७२.३७ ग्राम सुनसहित पक्राउ गरेकाे हाे । आगमन गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेर ल्याएको २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ ।
यसैगरी रसुवाकाे गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको १२ तोला तौलको सुनसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ ।
पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका-५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।
सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ३ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त सुनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: