Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मंसिर ७ गते दुई प्रदर्शन आमनेसामने हुन नदिन कस्तो छ प्रशासनको तयारी ?

खबरडबली संवाददाता

काठमाडौं । मङ्सिर ७ गते एकै दिन काठमाण्डूको माइतीघर मण्डलामा नेपालमा राजतन्त्र पुनर्स्थापनाको वकालत गरिरहेको एउटा समूह र नेकपा एमालेका भ्रातृ सङ्गठनले प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

सोमवार एक आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक महिनासम्म उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन अनसन , घेराउ, सभाजस्ता गतिविधि गर्न रोक लगाएका हुन्।

प्रशासनले पद्मोदय मोड देखि माइतीघर मण्डलाको चारैतर्फ र बिजुली बजार, बबरमहल हुँदै बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। दुई समूहले फरकफरक माग राख्दै एउटै ठाउँमा प्रदर्शनको तयारी गरेपछि अधिकारीहरूले त्यसबारे सतर्कता अपउनाउँदै आएका छन्।

काठमाण्डू उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहित सुरक्षा निकायका प्रमुखहरूबीच आइतवार पनि गृह मन्त्रालयमा छलफल भएको थियो।

प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबीच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन्।

“दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन। दुवै पक्षले कार्यक्रमस्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ। सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ,” गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

चिन्ताको विषय

आगामी बिहीवार नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियूले ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ लगायतका विषयमा प्रदर्शन गर्ने जानकारी दिँदै आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाउन काठमाण्डू जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

त्यही दिन पछिल्लो समय नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका दुर्गा प्रसाईँलगायतको आह्वानमा ‘राष्ट्रियता र धर्मसंस्कृति बचाउने अभियान’ ले काठमाण्डूमा प्रदर्शनका लागि उपत्यकाबाहिरबाट पनि मानिसहरूलाई सहभागी हुन आह्वान गरेको छ।

यो अभियानको नेतृत्वमा देखिएका प्रसाईँ र यसअघि युवा सङ्घको प्रमुख समेत भइसकेका एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय सार्वजनिक आरोप-प्रत्यारोप देखिएको छ। यसअघि नेकपा एमालेको केन्द्रीय सदस्यबाट निष्कासनमा परेका प्रसाईँले अहिले एमाले नेतृत्वको आलोचना गरिरहेका छन्।

प्रसाईँले यसअघि आफूलाई युवा सङ्घले कालोमोसो दलेको आरोप लगाउँदै आएका छन्। युवा सङ्घले यसको खण्डन र आधिकारिक जिम्मेवारी दुवै लिएको छैन।

एमाले नेता बस्नेतले आइतवार पार्टीको भक्तपुर जिल्ला समितिको कार्यक्रममा बोल्दै प्रसाईँको आलोचना गरे पनि आफूहरूको कार्यक्रम उनीसँग “जुधाउने गरी नराखिएको” बताए। अर्को पक्षको प्रदर्शनको नेतृत्व गरेका प्रसाईँले पनि आफूहरू एमालेसँग “भिड्न नजाने” बताएका छन्।

प्रशासनको तयारी

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुवै पक्षले एकै दिन काठमाण्डूमा प्रदर्शन गर्न लागेको जानकारी सामाजिक सञ्जालमा देखिएको तर एमालेको भ्रातृ सङ्गठनले मात्रै जानकारी गराएको बताए।

“हामी सामाजिक सञ्जालमा हेरिरहेका छौँ। कुनै पनि प्रदर्शनका लागि जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्छ। हामी एकै ठाउँ र एकै दिन दुवै पक्षको कार्यक्रम हुने अवस्था आउन दिँदैनौँ। एउटा पक्षले कार्यक्रम अर्को ठाउँमा सार्नैपर्छ,” उनले भने।

देशको कानुन पालना गरेर गरिने शान्तिपूर्ण प्रदर्शनलाई भने नरोकिने प्रजिअ बस्नेतले जानकारी दिए। “शान्ति व्यवस्थामा खलल नपर्ने गरी हुने प्रदर्शनलाई प्रशासनले रोक्दैन। मिति, स्थान र समय फरक पारेर दुवै पक्षले प्रदर्शन गर्न सक्छन्,” उनले भने।

नेपाल प्रहरीका निमित्त प्रवक्ता दानबहादुर कार्कीले प्रशासनसँगको समन्वयमा जनशक्ति परिचालनका लागि प्रहरी तयार रहेको बताए।
“परिस्थिति हेरेर आवश्यकताअनुसार जनशक्ति परिचालन हुन्छ। प्रहरीले ठूलाठूला प्रदर्शनहरूमा शान्तिसुरक्षा कायम गरेको आफ्नो अनुभव यसमा पनि प्रयोग गर्छ,” उनले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा

नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेत...

संसदीय छानविन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक कानून मन्त्रालयमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक अहिले बसिरहेको छ। कानून, न्याय तथा संसदीय मामिला ...

हिंसात्मक आक्रमणपछि किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी...

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई ...

ललितपुर आगलागी- दुई छोरी र आमापछि बुवा पनि रहेनन्

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको हो।  म...

छानविन हुँदासम्म रविजी गृह मन्त्रालयमा बस्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्।  ...

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गर...

संसदीय छानविन समितिको टिओआर आज टुंग्याइँदै

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज टुङ्गो लगाइँदैछ । संसद्को गतिरोध...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies