काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परंपरा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ ।
थाईल्याण्डको राजधानी बैंकक शहरमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागीतासँगै सुरु भएको प्रतियोगितामा सहभागिहरुलाई उनीहरुको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँंगै प्रतियोगिताले गति लिएको हो ।
अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुट समेत भैसकेको छ ।
यसैगरी सहभागिहरु वीच मित्रता, एक अर्काको संस्कृति, परंपरालाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चुलरल उपहार आदान प्रदान गर्ने कार्यक्रम पनि भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि संचालन गरिएको छ ।
जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदान बारे कार्यशाला संचालन गरिएको थियो । कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि संचालन भइसकेको छ ।
ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक शहरस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगिहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगीतामा नेपालबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ विजेता आजमा महर्जन र लिलि महर्जन सहभागी छन् । प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतिकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: