विराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन् । प्रदेशसभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा गरेका हुन ।
घर देखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ । विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गरेका हुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेका बताएका छन् । उनले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने बताए ।राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए ।
दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका छन् । उनले यस अघि काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका थिए ।
उनले प्रणाम यात्राका साथ व्रत बस्न थालेको २९ वर्ष भएको छ । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: