खोटाङ । खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर) खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पुर्याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो ।
नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए । “पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्”, उनले भने, “शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरुका एक÷एक जना कुरुवालाई बनेपा पुर्याइएको छ । बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ ।”
पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन् ।
दोस्रो चरणमा यही मङ्सिर–५ गते बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख रार्ईले जानकारी दिनुभएको छ । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् ।
पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो ।
पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ । समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ ।
गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियन्ताले बताएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: