Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

कसले बाजी मार्ला फाइनलमा विश्वकप क्रिकेट ?

खबरडबली संवाददाता

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को उपाधिका तीन पटकको विजेता अस्ट्रेलिया र दुईपटकको विजेता भारत प्रतिस्पर्धामा उत्रिँदै छन् । यो सहित अहिलेसम्म १३ वटा विश्वकप प्रतियोगिता भएका छन् । त्यसमा अस्ट्रेलिया अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टोली सावित भएको छ । उसले पाँच पटक उपाधि जितेको छ ।

त्यसमा पनि अस्ट्रेलिया लगातार तीन पटकको उपाधि विजेता हो । त्यसबाहेक भारत, वेष्ट इन्डिजले दुईपटक उपाधि जितेका छन् । वेष्ट इन्डिजले सन् १९७५ र १९७९ मा र भारतले १९८३ र २०११ मा उपाधि जितेको छ । त्यस्तै पाकिस्तान, श्रीलंका र इङ्ग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् । सन् २०१९ मा भएको विश्वकपको उपाधि भने इङ्ग्ल्याण्डले जितेको हो । 

भारतलाई तेस्रो विश्वकप जित्ने अवसर, अस्ट्रेलियालाई छैटौँ 

भारतले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ भने अष्ट्रेलियाले  छैटौँ पटक । कपिल देवको नेतृत्वमा सन् १९८३ मा क्रिकेट उपाधि जितेको भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि सन् २०११ मा श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो। त्यसयता भारतले विश्वकपको उपाधि जित्न सकेको छैन ।

 अस्ट्रेलियाले, सन् १९८७ मा इङ्ल्याण्डलाई ७ रनले हराएर उपाधि जितेको हो । त्यसपछि १९९९ मा पाकिस्तान, २००३ मा भारत र २००७ मा श्रीलंकालाई हराएर अस्ट्रेलियाले लगातार तीनवर्ष उपाधिमाथि कब्जा जमाएको थियो । ५ पटकको विजेता अस्ट्रेलिया भने आठौं पटक फाइनल खेल्दैछ ।

सन् १९७५ मा आयोजित पहिलो संस्करणमा फाइनलमा पराजित भएको अस्ट्रेलिया त्यसपछि सन् १९९६ को संस्करणमा पनि फाइनलसम्म पुगेर श्रीलंकासँग निराश भएको थियो । त्यसपछि लगातार तीन संस्करण जितेको अस्ट्रेलिया सन् २०१५ यता यसै वर्ष पहिलो पटक फाइनल खेल्दैछ । 

अस्ट्रेलिया र भारतको फाइनल भेट 

अस्ट्रेलिया आठ पटक विश्वकपको फाइनलमा पुगेको छ भने भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । दुई पटक विश्वकप जितेको भारत एक पटक उपविजेतामै सीमित हुदाँ उसलाई अस्ट्रेलियाले नै पराजित गरेको थियो । सन् २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो।

भारत आत्मविश्वासी, अस्ट्रेलिया पनि कम छैन  

अहमदाबादमा हुने खेलअघि भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ । लिग चरणका ९ वटै खेल जितेको भारतले बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएर ७० रनले जितेको थियो । यस खेलमा ब्याटिङतर्फ विराट कोहली र बलिङतर्फ मोहम्मद सामीले कीर्तिमान बनाएका थिए ।

कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औं शतक पूरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमान तोडे । यता सामी न्युजिल्याण्डविरुद्धको ७ विकेट लिएर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने । 

त्यतिमात्र होइन उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि बनेका छन्। उनले जारी प्रतियोगितामा लिएको विकेट संख्या २३ पुगेको छ । 

यो विश्वकपमा ब्याटिङतर्फ कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले प्रतियोगितामा खेलेका १० खेलमा ३ शतक र ५ अर्धशतकसहित ७११ रन जोडेका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने लगभग पक्का छ । उनलाई पछ्याइरहेका भारतकै रोहित शर्माको ५५० र अस्ट्रेलियाका डेभिड वार्नरको ५२८ रन छ । 

बलिङतर्फ भारतका सामीलाई अस्ट्रेलियाका एडम जाम्पा २२ विकेटसहित पछ्याइरहेका छन् । भारतका जसप्रित बुमराहले १८, रवीन्द्र जडेजाले १६ तथा अस्ट्रेलियाका जोस हेजलउडले १४ विकेट लिएका छन् ।

खेलाडीको प्रदर्शन र घरेलु दर्शकको साथ पाएको भारतलाई यसपटक उपाधिमाथि कब्जा जमाउने महत्वपूर्ण अवसर छ तर अस्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending