Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कसले बाजी मार्ला फाइनलमा विश्वकप क्रिकेट ?

खबरडबली संवाददाता

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को उपाधिका तीन पटकको विजेता अस्ट्रेलिया र दुईपटकको विजेता भारत प्रतिस्पर्धामा उत्रिँदै छन् । यो सहित अहिलेसम्म १३ वटा विश्वकप प्रतियोगिता भएका छन् । त्यसमा अस्ट्रेलिया अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टोली सावित भएको छ । उसले पाँच पटक उपाधि जितेको छ ।

त्यसमा पनि अस्ट्रेलिया लगातार तीन पटकको उपाधि विजेता हो । त्यसबाहेक भारत, वेष्ट इन्डिजले दुईपटक उपाधि जितेका छन् । वेष्ट इन्डिजले सन् १९७५ र १९७९ मा र भारतले १९८३ र २०११ मा उपाधि जितेको छ । त्यस्तै पाकिस्तान, श्रीलंका र इङ्ग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् । सन् २०१९ मा भएको विश्वकपको उपाधि भने इङ्ग्ल्याण्डले जितेको हो । 

भारतलाई तेस्रो विश्वकप जित्ने अवसर, अस्ट्रेलियालाई छैटौँ 

भारतले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ भने अष्ट्रेलियाले  छैटौँ पटक । कपिल देवको नेतृत्वमा सन् १९८३ मा क्रिकेट उपाधि जितेको भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि सन् २०११ मा श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो। त्यसयता भारतले विश्वकपको उपाधि जित्न सकेको छैन ।

 अस्ट्रेलियाले, सन् १९८७ मा इङ्ल्याण्डलाई ७ रनले हराएर उपाधि जितेको हो । त्यसपछि १९९९ मा पाकिस्तान, २००३ मा भारत र २००७ मा श्रीलंकालाई हराएर अस्ट्रेलियाले लगातार तीनवर्ष उपाधिमाथि कब्जा जमाएको थियो । ५ पटकको विजेता अस्ट्रेलिया भने आठौं पटक फाइनल खेल्दैछ ।

सन् १९७५ मा आयोजित पहिलो संस्करणमा फाइनलमा पराजित भएको अस्ट्रेलिया त्यसपछि सन् १९९६ को संस्करणमा पनि फाइनलसम्म पुगेर श्रीलंकासँग निराश भएको थियो । त्यसपछि लगातार तीन संस्करण जितेको अस्ट्रेलिया सन् २०१५ यता यसै वर्ष पहिलो पटक फाइनल खेल्दैछ । 

अस्ट्रेलिया र भारतको फाइनल भेट 

अस्ट्रेलिया आठ पटक विश्वकपको फाइनलमा पुगेको छ भने भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । दुई पटक विश्वकप जितेको भारत एक पटक उपविजेतामै सीमित हुदाँ उसलाई अस्ट्रेलियाले नै पराजित गरेको थियो । सन् २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो।

भारत आत्मविश्वासी, अस्ट्रेलिया पनि कम छैन  

अहमदाबादमा हुने खेलअघि भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ । लिग चरणका ९ वटै खेल जितेको भारतले बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएर ७० रनले जितेको थियो । यस खेलमा ब्याटिङतर्फ विराट कोहली र बलिङतर्फ मोहम्मद सामीले कीर्तिमान बनाएका थिए ।

कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औं शतक पूरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमान तोडे । यता सामी न्युजिल्याण्डविरुद्धको ७ विकेट लिएर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने । 

त्यतिमात्र होइन उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि बनेका छन्। उनले जारी प्रतियोगितामा लिएको विकेट संख्या २३ पुगेको छ । 

यो विश्वकपमा ब्याटिङतर्फ कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले प्रतियोगितामा खेलेका १० खेलमा ३ शतक र ५ अर्धशतकसहित ७११ रन जोडेका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने लगभग पक्का छ । उनलाई पछ्याइरहेका भारतकै रोहित शर्माको ५५० र अस्ट्रेलियाका डेभिड वार्नरको ५२८ रन छ । 

बलिङतर्फ भारतका सामीलाई अस्ट्रेलियाका एडम जाम्पा २२ विकेटसहित पछ्याइरहेका छन् । भारतका जसप्रित बुमराहले १८, रवीन्द्र जडेजाले १६ तथा अस्ट्रेलियाका जोस हेजलउडले १४ विकेट लिएका छन् ।

खेलाडीको प्रदर्शन र घरेलु दर्शकको साथ पाएको भारतलाई यसपटक उपाधिमाथि कब्जा जमाउने महत्वपूर्ण अवसर छ तर अस्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending