Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

तीन वटा आयल स्टोरलाई गर्यो पूर्व अरनिको यातायात प्रालीले बहिष्कारको घोषणा

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्व अरनिको यातायात प्रालीले अरनिको लोकमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ ।

अरनिकोले यात्रुवाहक बस संचालन गर्दैै आएका जिल्लामा यातायात संचालन गर्ने अन्य यातायात समितिका बसलाई उधारोमा तेल हालेर प्रोत्साहित गरेको भन्दै तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको हो । 

अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले संचालक समितिको बैठक नैं राखेर चामुण्डा आयल स्तोर कांफ्लेटी, पाँचकुमारी आयल स्टोर २८ किलो र उग्रचण्डी आयल स्टोर बुडोल बनेपालाई बहिष्कारको निर्णय गराएका हुन् । 

पूर्व अरनिको यातायात प्रालीका सदस्य सचिव प्रभुराम थापाले बिज्ञप्ति जारी गरी चामुण्डा, पाँचकुमारी र उग्रचण्डी आयल स्टोरले कथित प्रतिश्पर्धाको नाममा प्रतिद्धन्द्धी कम्पनीका बसहरुलाई उधारोमा तेल हालेर प्रोत्साहित गर्दै अरनिकोलाई अफ्ठयारो र निरुत्साहित पार्ने काम गरेको भन्दै उक्त पम्पहरुमा डिजेल नहाल्न आव्हान गरिएको छ ।

अरनिको यातायातको निर्णयलाई अन्य यातायात समिति र आयल स्टोर संचालकहरुले भने ‘दादागिरी’ को प्रतिक्रिया दिएका छन् । अरनिको यातायातका कतिपय बस संचालक र मजदुरहरुले पनि डिजेल खरिद गर्ने स्वतन्त्रता सम्वन्धित बस धनी र मजदुरसँग हुने भन्दै बिरोध गरेका छन् । केहीले भने समितिको निर्णयको स्वागत गरेका छन् । 

दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा यातायात संचालन गर्दै आएको अरनिकोले पछिल्लो समय ओखलढुंगा र सोलखुम्वुमा यातायात संचालन गरिरहेको छ ।

अरनिकोले ओखलढुंगाको पलापु क्यूलाई घोराखोरीतर्फका सुपरहरुवाट नियमित क्यू खानेगरी घोलेर चलाउने र उक्त क्यू लिने गाडिहरुलाई प्रति ट्रिप एक सय लिटर डिजेल समितिले हालि दिने निर्णय पनि गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending