Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

तीन वटा आयल स्टोरलाई गर्यो पूर्व अरनिको यातायात प्रालीले बहिष्कारको घोषणा

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्व अरनिको यातायात प्रालीले अरनिको लोकमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ ।

अरनिकोले यात्रुवाहक बस संचालन गर्दैै आएका जिल्लामा यातायात संचालन गर्ने अन्य यातायात समितिका बसलाई उधारोमा तेल हालेर प्रोत्साहित गरेको भन्दै तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको हो । 

अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले संचालक समितिको बैठक नैं राखेर चामुण्डा आयल स्तोर कांफ्लेटी, पाँचकुमारी आयल स्टोर २८ किलो र उग्रचण्डी आयल स्टोर बुडोल बनेपालाई बहिष्कारको निर्णय गराएका हुन् । 

पूर्व अरनिको यातायात प्रालीका सदस्य सचिव प्रभुराम थापाले बिज्ञप्ति जारी गरी चामुण्डा, पाँचकुमारी र उग्रचण्डी आयल स्टोरले कथित प्रतिश्पर्धाको नाममा प्रतिद्धन्द्धी कम्पनीका बसहरुलाई उधारोमा तेल हालेर प्रोत्साहित गर्दै अरनिकोलाई अफ्ठयारो र निरुत्साहित पार्ने काम गरेको भन्दै उक्त पम्पहरुमा डिजेल नहाल्न आव्हान गरिएको छ ।

अरनिको यातायातको निर्णयलाई अन्य यातायात समिति र आयल स्टोर संचालकहरुले भने ‘दादागिरी’ को प्रतिक्रिया दिएका छन् । अरनिको यातायातका कतिपय बस संचालक र मजदुरहरुले पनि डिजेल खरिद गर्ने स्वतन्त्रता सम्वन्धित बस धनी र मजदुरसँग हुने भन्दै बिरोध गरेका छन् । केहीले भने समितिको निर्णयको स्वागत गरेका छन् । 

दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा यातायात संचालन गर्दै आएको अरनिकोले पछिल्लो समय ओखलढुंगा र सोलखुम्वुमा यातायात संचालन गरिरहेको छ ।

अरनिकोले ओखलढुंगाको पलापु क्यूलाई घोराखोरीतर्फका सुपरहरुवाट नियमित क्यू खानेगरी घोलेर चलाउने र उक्त क्यू लिने गाडिहरुलाई प्रति ट्रिप एक सय लिटर डिजेल समितिले हालि दिने निर्णय पनि गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending