काठमाडौं । गत कार्तिक । १७ गते गएको जाजरकोट भूकम्पका कारण घरबारविहीन भएका पीडित जनताका लागि अस्थायी आवास निर्माणका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ । एमाले केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीको केन्द्रीय कार्यालयबाट स्वयंसेवक टोलीलाई विदाई गरेका छन् । अध्यक्ष ओलीले स्वयंसेवक टोलीलाई राष्ट्रिय झण्डाका साथै बन्दोवस्तीका सामानहरू ज्याकेट, हेल्मेट, अस्थायी घरटहरा निर्माणका लागि आवश्यक औजार लगायत सामग्री प्रदान गरी विदाई गरेका थिए।
स्वयंसेवक टोलीले केही राहत सामग्री पनि लिएर गएको छ । यस अघि एमालेको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ .(जिफण्ट)ले जाजरकोटमा भूकम्पले भत्काएका, क्षति पुर्याएका घरहरूका भग्नावशेष व्यवस्थापनको काम शुरु गरिसकेको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा जिफण्टका महासचिव विनोद श्रेष्ठको नेतृत्वमा भग्नावशेष हटाउने काम शुरु गरिएको हो ।
एमालेको गत कात्तिक २२ गते बसेको २५औँ सचिवालय बैठकले कात्तिक १७ गते राती गएको भूकम्पले ठूलो क्षति पुर्याएका जाजरकोट र रुकुममा एकहजार जना स्वयंसेवक पठाउने र भूकम्पका कारण घर भत्केर त्रिपालमुनि बसेका जनताका लागि न्यानो अस्थायी घरटहरा बनाउने निर्णय गरेको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पका समयमा पनि एमालेले लगायतका अन्य दलहरुले भूकम्प पीडितका लागि अस्थायी घरटहरा निर्माण गर्न स्वयंसेवक परिचालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: