काठमाडौं । अमेरिकी दबाबपछि इजरेलले गाजा स्ट्रिपमा प्रत्येक दिन दुई वटा इन्धन बोकेका ट्रकहरूलाई प्रवेश गर्न दिने बताएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक जना अधिकारीले हरेक दुई दिनमा त्यहाँ करिब १ लाख ४० हजार लिटर इन्धन जान अनुमति दिइने बताए।
ती अधिकारीका अनुसार धेरैजसो ट्रकहरू सहायता पुर्याउने उद्देश्यका साथसाथै पानी र सरसफाइ उपलब्ध गराउन संयुक्त राष्ट्र सङ्घलाई सहयोग गर्ने उद्देश्यले पठाइन लागेका हुन्।
बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवा सञ्चालनका लागि पठाइन लागेको हो। त्यहाँ इन्धन अभावका कारण उपकरणहरू नचल्दा मोबाइल फोन र इन्टरनेट सेवा बन्द भएको थियो।
शुक्रवार गाजामा सञ्चार सेवा दिँदै आएको कम्पनीले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीबाट केही मात्रामा इन्धन प्राप्त गरेपछि आफ्ना सेवाहरू पुनः सुरु भएको भएको बताएको छ।
अमेरिकी अधिकारीले वाशिङ्टनले इजरेललाई इन्धन पठाउनेसम्बन्धी सहमति कार्यान्वयन गर्न पर्याप्त दबाब दिएको बताएका छन्। ती अमेरिकी अधिकारीले बताए अनुसार सैद्धान्तिक रूपमा उक्त सहमति गत साता भएको थियो तर इजरेलले दुई वटा कारणले त्यसको ढिलाइ गरेको थियो।
इजरेली अधिकारीहरूले अमेरिकालाई दक्षिणी गाजामा वास्तवमा इन्धन नसकिएको बताएका थिए भने उनीहरूले सहमति कार्यान्वयन गर्नुअघि बन्धक बनाइएकाहरूलाई छुटाउने कुरामा केही प्रगति हुन्छ कि भन्ने पनि अपेक्षा गरेका थिए।
प्यालेस्टाइनका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका प्रमुखले बिहीवार इन्धन अभावका कारण एजेन्सीले आफ्ना सबै गतिविधि स्थगित गर्नुपर्ने चेतावनी दिएका थिए।
त्यहाँको पछिल्लो अवस्थाको जानकारी दिने प्रतिवेदनमा उक्त एजेन्सीले ूआधारभूत मानवीय कार्यका लागि हरेक दिन १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्नेू बताएको छ। त्यो भनेको अहिले सहमति भएकोभन्दा दोबर बढी हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: