Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते

खबरडबली संवाददाता

खोटाङ । खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएका हुन् ।

मुंग्राले टाउकोमा लाग्दा घाइते भएका भुवनलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए। घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि राजविराज लगिएको हो । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । भुवनलाई मुंग्रोले हान्ने विजयलाई प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

यस्तै खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका ३६ वर्षीय दिलाराम राईले  बियरको बोतलले टाउकोमा हान्दा त्यसै ठाउँका ४७ वर्षीय थामबहादुर राई घाइते भएका भएका छन् । बियरको बोतलले लागेर घाइते भएका थामबहादुरलाई खोटाङबजारमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल उदयपुर लगिएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बरालले जानकारी दिए ।

बोतल प्रहार गर्ने दिलारामलाई प्रहरी चौकी वाप्लुखाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाहीका लागि नियन्त्रणमा लिएको छ । घाइते अवस्था सामान्य भएको बताइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending