Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

भोटे कुकुरको प्रजननका लागि गाडी रिजर्भ गरेर सिक्किमदेखी चौंरीगोठसम्म

खबरडबली संवाददाता

पाँचथर । भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुगेका छन् ।

मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठमा आइपुगेका छन् । उनीहरु दुबैजना भोटे कुकुरलाई प्रजनन गराउन सिक्किमदेखि पाँचथरको उच्च पहाडी भेगका चौंरीगोठसम्म आइपुगेका हुन् ।

उनीहरुले कुकुर लिएर यहाँसम्म आँउदा जनही ४ हजारका दरले भारु पैसा तिरेर गाडी रिजर्ब गरेको सुनाए । गेजिङबाट उत्तरेसम्म यत्ति खर्च गरेर आएका उनीहरुलाई उत्तरेदेखि याङवरकका चौंरीगोठ आउन एक दिन लाग्यो ।  ‘असली भोटे कुकुरका छाउरा जन्माउन यत्तिको मेहनेत गरेका हौं’ मिलनले भने । छाउरी कुकुर गर्भवती भएको निर्क्याेल भएपछि फर्कने उनको योजना छ ।

लेकाली रैथाने भोटे कुकुरसँग यौनसम्पर्क गराएर निख्खर छाउरा छाउरी उत्पादन गर्ने चुनौती बढेकाले वर्षेनी नेपालतर्फका गोठमा माउ कुकुर लिएर आउनेगरेको गुरुङले सुनाए । 

भारतको पर्चिम बङ्गाल र सिक्किमसँग सिमाना जोडिएका पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाका –५ वटा गोठमा भोटे कुकुरका डाँगो पालिएका छन् । प्रायः गोठ यतिबेला एउटा डाँगो बराबर पाँचवटा माउ कुकुर मिसाउन ल्याइएको छ ।

भोटे कुकुर लेकमा मात्रै सजाउछ, भोटे कुकुर रैथानेसँग मिसिए सन्तान किट्टिने वा मासिने भएकाले प्रायः घर गोठमा बाँधेर राखिन्छ । हाडनाता भित्र प्रजनन गराए सन्तान किट्टिने सम्भावना धेरै भएकाले टाढा लगेर मिसाउने गरिएको उनीरुको भनाइ छ । 

वेष्टबंगाल र सिक्किमसँगै इलाम र पाँचथरका ग्रामीण भेगका भोटे कुकुर पारखी यतिबेला आ आफ्ना माउ कुकुर लिएर लेककै गोठ आइपुग्छन् । ती सबै कुकुरलाई एक अर्कामा समागम गराएर गर्भवती भएको निर्क्याेल गर्न झण्डै एक महिना लाग्ने किपालमुको भनाइ छ ।   

‘टिबेटियन मेस्टेट’ भनिने भोटे कुकुर उच्च पहाडी र हिमाली क्षेत्रको महत्वपूर्ण र दुर्लभ प्रजाति हो । यो जात बिशेषगरी शेर्पा र भोटेसँगै लेकाली क्षेत्रका पशुपालक किसानले घर र गोठको सुरक्षार्थ पाल्छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा चौंरी गोठको संख्या घट्न थालेसँगै यो प्रजातिका कुकुर पनि मासिन लागेकाले बीऊ जोगाउने चुनौती स्थानीयलाई छ ।

आफुले पालेको डाँगोसँग समागम गराएवापत छाउरी ल्याउनलेहरुसँग धनीले बाली लिन्छन् । गोठमा रहँदा खाँदा बस्दा लागेको खर्च माउ लिएर आउनेले नै व्यहोर्छन् । भोटे कुकुरले दीध खिर, घीउ, कुराउनी र मासु रुचाउँछन् । कुकुर ब्याएपछि डाँगोको बालीबापत एउटा छाउरो बुझाउनुपर्छ ।

एउटा माउ कुकुरले एक पटकमा चारदेखि ६ वटासम्म बच्चा जन्माउँछ । यो प्रजातीको कुकुरका छाउरा २० हजार र छाउरी १० हजार रुपियाँमा बिक्री हुन्छ । भारत र सिक्किमतिर एउटै छाउराको दाम नेरु ४० हजार रुपियाँसम्म पर्नेगरेको उनीहरुको भनाइ छ ।

चौंरीगोठ घटेसँगै यो प्रजातीका कुकुरको संख्या पनि घटदो क्रममा रहेकाले सन्तान जोगाउने चुनौती बढेको स्थानीय सुनाँउछन् । माउ कुकुर गर्भवती भएका थाहा पाउने वित्तिकै भोटे कुकुरका छाउरा छाउरीको बुकिङ सुरु हुन्छ । 

पाचथर इलाम, ताप्लेजुङ र तेहथुम हुदै छिमेकी मुलुक भारतको सिक्किम र पश्चिम बङ्गालसम्म छाउरा छाउरी किन्न सौखिनहरु गोठसम्म आइपुग्छन् । अहिले पाँचथर र इलाम क्षेत्रका २० वटा गोठ र केही घरमा मात्र भोटे कुकुर पालिएको छ । पालिएकामध्ये पनि छाउरीको सङ्ख्या धेरै छ । डाँगो भने ५ वटा मात्रै रहेको व्यवसायी बताउँछन् । याे खबर गाेरखापत्र अनलाइनमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending