काठमाडौं । ओखलढुंगाको खिजीदेम्वामा खिाजीदेम्वा युवा क्लबले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । गाउँमा परेका विभिन्न विपत्तिमा सहयोगका लागि बिपद कोष खडा गर्न देउसी भैलोको आयोजना गरिएको हो ।
देउसी भैलोबाट एक लाख तेइस हजार रुपैयाँ आर्थिक संकलन गरेको क्लबले जनाएको छ । कार्तिक २७ र २८ गते खिजीदेम्बाको विभिन्न ठाउँमा खेलिएको देउसी भैलो कार्यक्रमबाट उत्त आर्थिक संकलन गरेको हो ।
खेलकुद पर्यटन शिक्षा स्वास्थ्य भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको क्लबले देउसी भैलोबाट संकलित रकमले वडामा हुने प्राकृतिक विपत्ती र आपतकालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गर्ने साथै सामाजिक कार्यका लागि सदुपयोग गर्ने क्लबका अध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिए ।
आधुनिकतासगैँ ओझेलमा परेका संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले खेलिएको क्लबका उपाध्यक्ष एंव देउसी भैलो कार्यक्रमका संयोजक सगर तामाङले बतए । उनले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्ताण्तरण गर्न सकेमा मात्र पहिचान रहन सक्ने बताउँदै देउसी भैलो कार्यक्रम मार्फत नयाँ पुस्तालाई महत्वपूर्ण सन्देस प्रवाह गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
खिजीदेम्बा गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा खेलिएको देउसी भैलो कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको खिजीदेम्बा युवा क्लबका सहसचिव पेम्बा शेर्पाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: