Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

खबरडबली संवाददाता

कात्तिक। भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ। भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ। चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोडले बढि भएको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाइमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको छ ।
३१ करोडको नरिवल अयात

भाइमसलाको रुपमा प्रयोग हुने नरिवल चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा नरिवल १९ करोड बराबरको आयात भएको थियो ।
७६ करोडको ओखर आयात

भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको पहिलो दुई महिनामा २५ करोडको आयत भएकोमा यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो ।
काजुको आयात घट्यो

गतवर्षको तुलनामा यस वर्ष काजुको आयात घटेको छ । गतवर्ष ३० करोडको काजु आयात भएकोमा यसवर्ष १३ करोड बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।

छोकडाको आयात केही बढ्यो

गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको पहिलो तीन महिनामा छ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा दुई लाख बराबरको आयात भएको छ।

१९ करोडको बदाम आयात बढ्यो
भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड बराबरको बदाम आयात भएको थियो । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ ।

९ करोडको किसमिस आयात
भाइमसलाको रुपमा प्रयोग हुने किसमिस नौ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका सुरुको तीन महिनामा किसमिस छ करोड बराबरको आयात भएको थियो ।

पिस्ता आयात घट्यो
भाइमसलाको रुपमा प्रयोग हुने पिस्ताको आयात घटेको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा पाँच लाख बराबरको पिस्ता आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबमे पिस्ता आयात भएको थियो ।

सुपारी आयात नै भएन
सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात भएको छैन । तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात भएको छैन ।

भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार सुपारी आयातमा अहिले कोटा प्रणालीमा मात्र आयात भएकाले अहिले बजारमा सुपारी पाउन समस्या भएको छ ।

उनले भने, “अहिले सुपारीमा कोटा प्रणाली लागू भएकाले सुपारी आयात भएको छैन । मन्त्रालयस्तरीय निर्णय भएपछि मात्र धेरै आयात हुन्छ।” गोरखापत्र दैनिकबाट

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending