रुपन्देही । दशैंको बेलामा ४ सय ४० रूपैयाँसम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले जनाएको छ । यद्यपि अझै केही व्यवसायीहरूले भने पुरानै मूल्य ४ सय ४० मा बिक्री गर्दै आएका छन् ।
बुटवल १९ का उपभोक्ता दीपक क्षेत्रीले बजारमा मूल्य घटेको सुने पनि आफूले खरिद गरेको पसलमा ४४० रुपैयाँ दिनुपरेको बताए । कुखुराको मूल्य उत्पादकका लागि घटाइए पनि बिचौलियाको रजाइँका कारण उपभोक्ताका लागि भने मूल्य घटेको छैन ।
मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष चुरामणी घिमिरेका अनुसार अहिले मूल्य घटाएर ४ सय निर्धारण गरिएको छ । किसानले पाउने मूल्यभन्दा पनि आफूहरूले होलसेल व्यवसायीबाट कुखुरा लिएर बिक्री गर्ने भएको कारण किसानहरूले पाउने मूल्य कमी भएको बताउँछन् ।
उनले होलसेल व्यवसायीहरूबाट प्रति किलोमा १ सय २० देखि १ सय १४० को अन्तरमा बजार मूल्यमा लिन पाउने गरी सम्झौता भएको सोही अनुसार कार्यान्वयन भएको बताउँछन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का किसान बाबुराम कार्की कुखुरा पालक किसान हुन् । उनले कुखुरालाई जिउँदो २ सय २५ रूपैयाँमा बिक्री गर्दै आएका छन् । होलसेल व्यापारी उनको फार्ममा नै आएर ब्रोइलर कुखुराको खरिद गर्दै लैजाने गरेका छन् ।
उनले बिक्री गर्ने मूल्य भनेको २ सय २५ रूपैयाँ हो । अहिले बजारमा प्रतिकिलो मासुको मूल्य ४ सय छ । यसमा बीचमा करिब १ सय ७५ रूपैयाँ फरक पर्दछ । प्रतिकिलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर होलसेल व्यापारीको रूपमा रहेका बिचौलियाहरूले भने सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्न व्यवसायीहरूलाई दिँदै आएका छन् ।
उनीहरूले बिक्री गर्ने मूल्य भन्दा १ सय २० रूपैयाँदेखि १ सय ४० रूपैयाँ मात्रै अन्तर बनाउने मासु व्यवसायी संघको सम्झौता छ । तर होलसेल व्यवसायीहरूले भने विक्री मूल्यभन्दा १ सय ४० प्रतिकिलोको हिसाब गर्दा बजार मूल्य ४०० मा १ सय ४० घटाउँदा २ सय ८० देखि २ सय ६० रूपैयाँमा जिउँदो कुखुरा मासु काटेर बिक्री गर्ने व्यवसायीहरूलाई दिँदै आएका छन् ।
किसानबाट २ सय २५ रूपैयाँमा लिएको कुखुरा होलसेल व्यवसायीहरूले प्रतिकिलोमा जिउँदै २ सय ८० देखि २ सय ६० मा बिक्री गर्दै आएका हुन्। यसमा किसानबाट ३५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा नाफा खाँदै आएको पाइएको छ ।
चाडपर्व आएपनि भारतबाट अवैध रूपमा सस्तोमा कुखुरा लुकिछिपी आउने गरेको कारण नेपाली किसानहरू मर्कामा परेको कुखुरा पालक किसान बाबुराम कार्कीको भनाइ छ । उनी भन्छन्, ‘बजार झनै डामाडोल छ, भारतबाट आएका कुखुराको कारण थप मर्कामा परेका छौं ।’
कुखुराको दानाको मूल्यसमेत अहिले बढेको कारण किसानले भने अनुसार, लागतअनुसारको भाउ नपाएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...



प्रतिकृया लेख्नुहोस्: