रुपन्देही । दशैंको बेलामा ४ सय ४० रूपैयाँसम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले जनाएको छ । यद्यपि अझै केही व्यवसायीहरूले भने पुरानै मूल्य ४ सय ४० मा बिक्री गर्दै आएका छन् ।
बुटवल १९ का उपभोक्ता दीपक क्षेत्रीले बजारमा मूल्य घटेको सुने पनि आफूले खरिद गरेको पसलमा ४४० रुपैयाँ दिनुपरेको बताए । कुखुराको मूल्य उत्पादकका लागि घटाइए पनि बिचौलियाको रजाइँका कारण उपभोक्ताका लागि भने मूल्य घटेको छैन ।
मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष चुरामणी घिमिरेका अनुसार अहिले मूल्य घटाएर ४ सय निर्धारण गरिएको छ । किसानले पाउने मूल्यभन्दा पनि आफूहरूले होलसेल व्यवसायीबाट कुखुरा लिएर बिक्री गर्ने भएको कारण किसानहरूले पाउने मूल्य कमी भएको बताउँछन् ।
उनले होलसेल व्यवसायीहरूबाट प्रति किलोमा १ सय २० देखि १ सय १४० को अन्तरमा बजार मूल्यमा लिन पाउने गरी सम्झौता भएको सोही अनुसार कार्यान्वयन भएको बताउँछन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का किसान बाबुराम कार्की कुखुरा पालक किसान हुन् । उनले कुखुरालाई जिउँदो २ सय २५ रूपैयाँमा बिक्री गर्दै आएका छन् । होलसेल व्यापारी उनको फार्ममा नै आएर ब्रोइलर कुखुराको खरिद गर्दै लैजाने गरेका छन् ।
उनले बिक्री गर्ने मूल्य भनेको २ सय २५ रूपैयाँ हो । अहिले बजारमा प्रतिकिलो मासुको मूल्य ४ सय छ । यसमा बीचमा करिब १ सय ७५ रूपैयाँ फरक पर्दछ । प्रतिकिलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर होलसेल व्यापारीको रूपमा रहेका बिचौलियाहरूले भने सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्न व्यवसायीहरूलाई दिँदै आएका छन् ।
उनीहरूले बिक्री गर्ने मूल्य भन्दा १ सय २० रूपैयाँदेखि १ सय ४० रूपैयाँ मात्रै अन्तर बनाउने मासु व्यवसायी संघको सम्झौता छ । तर होलसेल व्यवसायीहरूले भने विक्री मूल्यभन्दा १ सय ४० प्रतिकिलोको हिसाब गर्दा बजार मूल्य ४०० मा १ सय ४० घटाउँदा २ सय ८० देखि २ सय ६० रूपैयाँमा जिउँदो कुखुरा मासु काटेर बिक्री गर्ने व्यवसायीहरूलाई दिँदै आएका छन् ।
किसानबाट २ सय २५ रूपैयाँमा लिएको कुखुरा होलसेल व्यवसायीहरूले प्रतिकिलोमा जिउँदै २ सय ८० देखि २ सय ६० मा बिक्री गर्दै आएका हुन्। यसमा किसानबाट ३५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा नाफा खाँदै आएको पाइएको छ ।
चाडपर्व आएपनि भारतबाट अवैध रूपमा सस्तोमा कुखुरा लुकिछिपी आउने गरेको कारण नेपाली किसानहरू मर्कामा परेको कुखुरा पालक किसान बाबुराम कार्कीको भनाइ छ । उनी भन्छन्, ‘बजार झनै डामाडोल छ, भारतबाट आएका कुखुराको कारण थप मर्कामा परेका छौं ।’
कुखुराको दानाको मूल्यसमेत अहिले बढेको कारण किसानले भने अनुसार, लागतअनुसारको भाउ नपाएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: