रामेछाप । बजारमा उच्च माग भएपछि रामेछापका किसान उवा खेती विस्तारमा लागेका छन् ।विगतमा गहुँ र जौ खेती लगाउने किसानहरू केही वर्ष यतादेखि उवा खेती लगाउन लागेका हुन् ।
‘पहिला उवा कसैले लगाउँदैनथे, सबैले गहुँ वा जौ लगाउँथे, अहिले सबैले उवा नै लगाउन लागेका छन्’, रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका मानबहादुर मगरले भने । अचेल किसानले लगाएको उवा किन्न व्यापारीहरू घर घरमा पुग्छन् । गहुँ, जौ वा मकैको भन्दा उवाको बजार मूल्य राम्रो छ । त्यसैले किसानको ध्यान उवा खेतीतर्फ गएको हो ।
‘गहुँ र मकै १ सयदेखि १ सय ५० रुपैयाँ पाथीमा बिक्री हुन्छ, उवाको पाथीकै ४ सय रुपैयाँसम्म आउँछ, गहुँ र मकैभन्दा उवाबाट राम्रो कमाइ हुन्छ’, मगरले भने । अहिले हिलेदेवीका अधिकांश किसानले बारीमा उवा छरेका छन् । एकै किसानले वार्षिक एक लाख रुपैयाँसम्मको उवा बिक्री गर्छन् ।
‘उवाको भाउ राम्रो छ, बिक्री पनि तुरुन्तै हुन्छ, त्यसैले सबैले उवा लगाउन लागेका छन्, धेरै लगाउनेले त वर्षको एक लाख रुपैयाँभन्दा बढीको बिक्री गर्छन्, कमै लगाउनेले पनि ४०–५० हजारको उवा बेच्छन्’, मगरले भने ।
मानिसले खेती गरेका बालीमध्ये उवालाई सबभन्दा पुरानो बाली मानिन्छ । गहुँजस्तै देखिने उवा कात्तिक महिनामा छरिन्छ र जेठ, असार महिनातिर पाक्छ । पौष्टिकताको हिसाबले उवामा भिटामिन ‘बी कम्प्लेक्स’ पाइन्छ । उवाको सातु, खोले, ढिँडो, रोटी वा च्याँख्ला जे पनि खान सकिन्छ । जे खाए पनि यो अन्य खाद्य बालीभन्दा निकै पोषिलो हुन्छ । उवामा चामल, गहुँ वा मकैमा पाइनेभन्दा धेरै बढी पोषण तत्व पाइने पोषण विज्ञहरू बताउँछन् ।
बियर बनाउने तत्व ‘माल्ट’ बनाउन पनि उवा प्रयोग हुने गर्दछ । पछिल्लो समय बियर बनाउन कारखाना बढेसँगै सहरमा उवाको माग पनि निकै बढेको छ । त्यसैले गाउँमा उत्पादन हुने उवा सोझै सहर भित्रने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...



प्रतिकृया लेख्नुहोस्: