रामेछाप । बजारमा उच्च माग भएपछि रामेछापका किसान उवा खेती विस्तारमा लागेका छन् ।विगतमा गहुँ र जौ खेती लगाउने किसानहरू केही वर्ष यतादेखि उवा खेती लगाउन लागेका हुन् ।
‘पहिला उवा कसैले लगाउँदैनथे, सबैले गहुँ वा जौ लगाउँथे, अहिले सबैले उवा नै लगाउन लागेका छन्’, रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका मानबहादुर मगरले भने । अचेल किसानले लगाएको उवा किन्न व्यापारीहरू घर घरमा पुग्छन् । गहुँ, जौ वा मकैको भन्दा उवाको बजार मूल्य राम्रो छ । त्यसैले किसानको ध्यान उवा खेतीतर्फ गएको हो ।
‘गहुँ र मकै १ सयदेखि १ सय ५० रुपैयाँ पाथीमा बिक्री हुन्छ, उवाको पाथीकै ४ सय रुपैयाँसम्म आउँछ, गहुँ र मकैभन्दा उवाबाट राम्रो कमाइ हुन्छ’, मगरले भने । अहिले हिलेदेवीका अधिकांश किसानले बारीमा उवा छरेका छन् । एकै किसानले वार्षिक एक लाख रुपैयाँसम्मको उवा बिक्री गर्छन् ।
‘उवाको भाउ राम्रो छ, बिक्री पनि तुरुन्तै हुन्छ, त्यसैले सबैले उवा लगाउन लागेका छन्, धेरै लगाउनेले त वर्षको एक लाख रुपैयाँभन्दा बढीको बिक्री गर्छन्, कमै लगाउनेले पनि ४०–५० हजारको उवा बेच्छन्’, मगरले भने ।
मानिसले खेती गरेका बालीमध्ये उवालाई सबभन्दा पुरानो बाली मानिन्छ । गहुँजस्तै देखिने उवा कात्तिक महिनामा छरिन्छ र जेठ, असार महिनातिर पाक्छ । पौष्टिकताको हिसाबले उवामा भिटामिन ‘बी कम्प्लेक्स’ पाइन्छ । उवाको सातु, खोले, ढिँडो, रोटी वा च्याँख्ला जे पनि खान सकिन्छ । जे खाए पनि यो अन्य खाद्य बालीभन्दा निकै पोषिलो हुन्छ । उवामा चामल, गहुँ वा मकैमा पाइनेभन्दा धेरै बढी पोषण तत्व पाइने पोषण विज्ञहरू बताउँछन् ।
बियर बनाउने तत्व ‘माल्ट’ बनाउन पनि उवा प्रयोग हुने गर्दछ । पछिल्लो समय बियर बनाउन कारखाना बढेसँगै सहरमा उवाको माग पनि निकै बढेको छ । त्यसैले गाउँमा उत्पादन हुने उवा सोझै सहर भित्रने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: