Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

खबरडबली संवाददाता
गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए। उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको रु २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे । “फूल खेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उनले भने, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।” उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती हरेक कृषकलाई नि:शुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताउनुभयो । कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताउनुभयो । उहाँले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताए । उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिनुभयो । “गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ”, उनले भने, “उत्पादिन फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ ।” कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए । उनले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए । अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी गरे । “कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो”, उनले भने, “यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।” अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको दाबी समेत गरे । उनले कृषकलाई ड्रागनखेती तर्फ आकर्षित गर्न पालिकाको लागानीमा ड्रागन खेती गरिएको र यसको खेती गर्न चाहने कृषकलाई पोल, बिरुवा, टायललगायतका वस्तुमा सहयोग गर्दै आएको बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: