Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

त्रिपाल माग्दा नपाउने भनेपछि भूकम्पपीडितको बिजोग

खबरडबली संवाददाता

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन्। उनी  निस्कने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्। उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताइरहेका छन्। 

उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ। खुला सडकभन्दा माथि त्रासले जान नसकेका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने  गरेको  रमिताले बताइन्।

भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडक छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन्। सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्ने गरेका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन्।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरु समस्यामा परेको उनको भनाइ छ। खुला चौरमा बस्ने मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रा कोही रहनेछन् भनेर निराश भएको छ। 

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन: एक थान त्रिपाल पाएको उनले सुनाए।

सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिस्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए। घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन।

यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ। भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या छ। समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए। 

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए। घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन्। घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ। बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending