Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बाबर आजमलाई उछिन्दै शुभमन गिल एकदिवसीय वरीयताको पहिलो नम्बरमा

खबरडबली संवाददाता

काठमाडौँ।  भारतका तीव्र गतिका ओपनर शुभमन गिल आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा पहिलो स्थानमा पुगेका छन्।

पछिल्लो वरीयतामा उनले पाकिस्तानका बाबर आजमलाई पछि पारेका छन्। यसअघिसम्म बाबर आजम पहिलो स्थानमा थिए।

शुभमन गिल यो वर्ष उत्कृष्ट फर्ममा छन्। उनले यो वर्ष खेलेका २६ ओडीआई खेलमा पाँच शतकको सहयोगमा १४४९ रन बनाएका छन्।

विश्वकपको सुरुमा गिल फिट थिएनन् तर मैदानमा फर्किएदेखि उनले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन्। उनले विश्वकपका ६ खेलमा २१९ रन बनाएका छन्।

शीर्ष १० ब्याट्सम्यानमा भारतका विराट कोहली चौथो र कप्तान रोहित शर्मा छैटौं स्थानमा छन्।


विराट कोहलीले जारी विश्वकपमा दुई शतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिका विरुद्ध अविजित १०१ रन बनाएर उनले सचिन तेन्दुलकरको ४९ ओडीआई शतकको संख्या बराबरी गरे।
बलरमा सिराज नम्बर १
यस्तै मोहम्मद सिराज आईसीसीको पछिल्लो एकदिवसीय बलरको वरीयतामा पहिलो स्थानमा छन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुलदीप यादव चौथो, जसप्रित बुमराह आठौं र मोहम्मद शामी १०औं स्थानमा छन्। 

दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो र पाकिस्तानका शाहिन अफ्रिदी पाँचौं स्थानमा छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: