Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

स्वघोषित १७ वटा उपाधिबाट आफैलाई सम्मान

खबरडबली संवाददाता

पोखरा ।  पोखराको साहित्यलाई नै अनौठोसँग व्यङ्ग्य गर्ने गरी एक व्यक्तिले उपाधि माथि उपाधि स्वघोषणा गरेर सम्मान थाप्ने गरेका छन् । देशभक्त कुँवर नाम गरेका उनले केही समयअघि १२ वटा उपाधिको स्वघोषणा गरेका थिए । उनी आबद्ध विभिन्न संघ संस्थाहरूले उनलाई १२ वटा उपाधिबाट सम्मानित गरे । 

हरेक संस्थाले उनलाई नगद ५० हजार, सम्मानपत्रले सम्मान गरेका थिए । साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव उपाधि उनले स्वघोषणा गरेर सम्मान लिएको आरोप उनीमाथि छ । 

‘पुरस्कारको राशि आफैँ प्रायोजन गर्ने र सम्मान गर्न लगाइएको हो । यसले पोखराको साहित्यमै एक खालको कालो पोतिएको छ,’ एक अग्रज साहित्यकार भन्छन्, ‘उपाधिको स्वघोषणा गर्ने र प्रायोजित पुरस्कार लिने अनौठो चलनको विकास भयो ।’ 

तत्कालीन समयमा सम्मान गर्ने संस्थाहरूमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवी फाइनान्सियल एजेन्सी काठमाडौँ, काभिन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार थिए । 

त्यसअघि चितवनमा उनी साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए । गत बुधबार उनले एकै दिन ३ वटा उपाधिमा सम्मान पाए । काव्य सम्राट्, कविता सम्राट् र कवि सम्राट् उपाधिबाट उनी सम्मानित भएका हुन् । उनले सोही दिन सोलुसन साहित्य पुरस्कार, कुँवर वीरखलक पुरस्कार र माछापुच्छ्रे सांस्कृतिक पुरस्कार पनि पाए । शिक्षाविद् जोर्ज जोन, प्राडा बुद्धि बहादुर थापा र वरिष्ठ गायिका बाबा राणाले उनलाई एकैपटक सम्मान गरे । तीनैवटा सम्मानको राशि ३ लाख छ । गत भदौ ३१ गते भावना सम्राट् पुरस्कार पाएका थिए । अर्को अनौठो के छ भने, यति धेरै उपाधिबाट सम्मानित व्यक्तिको सम्मानमा भने मुस्किलले १२–१५ जना उपस्थित हुन्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending