Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र : सुरक्षाविद् थापा

खबरडबली संवाददाता

काठमाडौँ । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएको छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताएको हो । 

भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि नोट स्पिकर) का रुपमा सहभागी थापाले विश्वका प्रमुख पाँच आणविक हतियारसम्पन्न मुलुकमा सुरक्षाका क्षेत्रमा विशेष योगदान दिइरहेको दाबी गरे।  

“भारत, बेलायत, फ्रान्स, अमेरिका, रसियालगायत विभिन्न मुलुकमा नेपाली सेनालगायत विभिन्न सुरक्षा अङ्ग तथा संयन्त्रमा सेवारत छन्”, उनले भने, “त्यसका साथै विश्वका ६८ भन्दा बढी मुलुकमा सुरक्षागार्डका रुपमा काम गर्ने सङ्ख्या हेर्दा नेपाल विश्वका अधिकांश मुलुकका लागि सुरक्षा प्रदायक मुलुकका रुपमा काम गरिरहेको छ ।” उनले नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रुपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको समेत उल्लेख गरे।

भारतले हालै जी–२० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै थापाले सो सम्मेलनमा छिमेकी मुलुक बङ्गलादेशलाई निमन्त्रणा गर्दा नेपाललाई नगरेकामा पनि प्रश्न गरेको थिए । थापाले भारतले हालै चन्द्रमामा सफलतापूर्वक ‘चन्द्रयान’ अवतरण गराएको खुसी नेपालीले पनि मनाएको उल्लेख गर्नुहुँदै भारत सदियौँदेखि विश्वको केन्द्र रहेको बताए।

थापाले शक्ति कहिल्यै पनि स्थायी नहुने भन्दै आजका दिनमा शक्तिशाली मुलुक भोलि अर्थात् सधैँ शक्तिसम्पन्न भएर रहन नसक्ने दलिल पनि पेस गरे । उनले शक्तिको परिभाषा दिँदै कुनै पनि व्यक्ति, समाज या देश शक्तिशाली ठहरिने आधारहरु समय समयमा परिवर्तनशील भइरहने उदाहरण पनि प्रस्तुत गरे। 

उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे । प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरु हुन् भन्।  

सो कार्यक्रममा सुरक्षाविद् थापाले भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको पनि उल्लेख गर्नुभयो । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए । 

“भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ”, उनले भने, “व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।” उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गर्नुहुँदै उले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए। 

सो अवसरमा उनले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै नीतिनिर्माण गर्दा आपसी सम्बन्ध र यसको महत्वलाई ध्यान दिन सुझाव दिए । उनले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए।

भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गरेको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो । सो कार्यक्रममा एसिया तथा अन्य देशका सुरक्षा, कूटनीतिक सम्बन्ध तथा सुरक्षासम्बन्धका विविध विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending