Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र : सुरक्षाविद् थापा

खबरडबली संवाददाता

काठमाडौँ । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएको छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताएको हो । 

भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि नोट स्पिकर) का रुपमा सहभागी थापाले विश्वका प्रमुख पाँच आणविक हतियारसम्पन्न मुलुकमा सुरक्षाका क्षेत्रमा विशेष योगदान दिइरहेको दाबी गरे।  

“भारत, बेलायत, फ्रान्स, अमेरिका, रसियालगायत विभिन्न मुलुकमा नेपाली सेनालगायत विभिन्न सुरक्षा अङ्ग तथा संयन्त्रमा सेवारत छन्”, उनले भने, “त्यसका साथै विश्वका ६८ भन्दा बढी मुलुकमा सुरक्षागार्डका रुपमा काम गर्ने सङ्ख्या हेर्दा नेपाल विश्वका अधिकांश मुलुकका लागि सुरक्षा प्रदायक मुलुकका रुपमा काम गरिरहेको छ ।” उनले नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रुपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको समेत उल्लेख गरे।

भारतले हालै जी–२० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै थापाले सो सम्मेलनमा छिमेकी मुलुक बङ्गलादेशलाई निमन्त्रणा गर्दा नेपाललाई नगरेकामा पनि प्रश्न गरेको थिए । थापाले भारतले हालै चन्द्रमामा सफलतापूर्वक ‘चन्द्रयान’ अवतरण गराएको खुसी नेपालीले पनि मनाएको उल्लेख गर्नुहुँदै भारत सदियौँदेखि विश्वको केन्द्र रहेको बताए।

थापाले शक्ति कहिल्यै पनि स्थायी नहुने भन्दै आजका दिनमा शक्तिशाली मुलुक भोलि अर्थात् सधैँ शक्तिसम्पन्न भएर रहन नसक्ने दलिल पनि पेस गरे । उनले शक्तिको परिभाषा दिँदै कुनै पनि व्यक्ति, समाज या देश शक्तिशाली ठहरिने आधारहरु समय समयमा परिवर्तनशील भइरहने उदाहरण पनि प्रस्तुत गरे। 

उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे । प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरु हुन् भन्।  

सो कार्यक्रममा सुरक्षाविद् थापाले भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको पनि उल्लेख गर्नुभयो । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए । 

“भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ”, उनले भने, “व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।” उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गर्नुहुँदै उले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए। 

सो अवसरमा उनले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै नीतिनिर्माण गर्दा आपसी सम्बन्ध र यसको महत्वलाई ध्यान दिन सुझाव दिए । उनले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए।

भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गरेको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो । सो कार्यक्रममा एसिया तथा अन्य देशका सुरक्षा, कूटनीतिक सम्बन्ध तथा सुरक्षासम्बन्धका विविध विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending