काठमाडाैं । भूकम्प प्रभावित क्षेत्रका स्थानीयतहसँग समन्वय गरेर राहत वितरण भइरहेको भए पनि दुर्गम क्षेत्रमा राहत पुर्याउन चुनौती भएकाे छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्थामा नरहेकाे र केही सडक भूकम्पका कारण भत्किएका कारण पनि दुर्गममा राहत पुर्याउन चाुनाैती भएकाे हाे ।
सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको भए पनि दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको र अति दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको उनले बताए । हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको थियाे । त्यो क्षेत्रमा आज फेरि हेलिकप्टर पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माकाे भनाइ छ ।
यस्तै, भूकम्प प्रभावित रुकुम पश्चिमका नागरिकलाई पनि राहत वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । राहतमा त्रिपाल, ब्लाङ्केट, केही खाद्यान्न, न्यानो कपडा तथा स्वास्थ्य किट वितरण गर्न थालिएको छ ।
गएको शुक्रवार राति भूकम्प गएपछि धेरैजसो खुलाचौर, सामुदायिक भवन, विद्यालयमा बसेका छन् । कतिपय चिसो भुँइमा पराल र म्याट ओछ्याएर बसेका छन् । यसरी खुल्ला रुपमा बसेकाहरुलाई चिसोले सताउन थालेको छ । खासगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीको स्वास्थ्यमा समस्या पर्न थालेको छ । कतिपयलाई न्यानो कपडा वितरण गरे पनि धेरैले पाएका छैनन् ।
चिसोमा दिनरात बिताउन बाध्य भएका प्रभावितहरुलाई बेलाबेला आइरहने परकम्पले थप त्रासमा पारेको छ । बेलाबेला शक्तिशाली परकम्प गइरहेकाले राहत वितरणमा समेत समस्या पर्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: