Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

बागलुङबाट पहिलो चरणमा ५० लाख राहत पठाइने

खबरडबली संवाददाता
बागलुङ । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् । 
 
बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको हो । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् । 
 
बैठकमा उपस्थित सबैले आफ्नोआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्कलित सहयोगलाई जिल्ला प्रशासनमार्फत वितरण गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। अन्य सङ्घसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर थप सहयोग पठाइने उनले बताए।
 
जिल्लाका चार नगरपालिकाले रू छ लाख ३० हजारको दरले र छ गाउँपालिकाले रू चार लाख २० हजारका दरले गरी रू ५० लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त रकममध्ये नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावश्यक सामग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको छ । 
 
भूकम्प पीडितको वितरणका लागि जिल्लाको टोली त्यसतर्फ आज जाने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्घसंस्थाले पनि राहत सामग्री सङ्कलन गरिरहेका छन् । “हामीले न्यानो कपडा सङ्कलन गरिरहेका छौँ । वितरणका लागि टिम बनाएर पठाउने तयारी छ”, उनले भने, “पीडितलाई जे आवश्यक छ । त्यो पुर्‍याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।” 
 
बैठकमा पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले भूकम्प पीडितका लागि रू ५० हजार सहयोग गर्ने घोषण गरे। कालीका भगवती गुठी व्यवस्थापन समितिले रू एक लाख दिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।  
 
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुमपश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर त्यहाँ आवश्यकपर्ने सामानको प्राथमिकीकरण गरिदिन आग्रह गरे। विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान सङ्कलनलाई तीव्रता दिएको भन्दै आजसम्ममा प्रभावित क्षेत्रमा उक्त सामग्री पुर्‍याउने तयारी भएको उनले बताए ।
 
नेपाल रेडक्रमस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तीमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने जानकारी गराए । बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखले आवश्यकताका आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताए ।
 
विपत्को खोजी उद्धार सकिएकाले पुन:निर्माणलगायतका काममा जिल्लाबाट आवश्यक सहयोगका लागि टिम तयार गर्ने विषयमा छलफल भएको थियो । 
 
जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकाले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताका आधारमा सहयोग जुटाउन आग्रह गरे। पहिलो चरणको राहत प्याकेज सोमबार जाने र दोस्रो प्याकेजमा थप सामग्री तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको सहायक प्रजिअ बरालले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending