Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा भारतले बलियो दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दिएको छ । 

कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रन बनाएको हो । 

भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित एक सय एक रनको योगदान गरे । भारतीय टोलीका पूर्वकप्तान समेत रहेका कोहलीले निकै समालिएर ब्याटिङ गरेका थिए । 

यसअघि विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका थिए । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको खेल जीवनको कीर्तिमानी सतक पनि हो । यही सतकसँगै उनले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन् ।

कोहलीले एकदिवसीय क्रिकेटमा प्रहार गरेको यो ४९औँ सतक हो ।  सचिनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक प्रहार गरेका थिए । अब कोहलीले यही विश्वकपमा अर्को सतक प्रहार गर्दै सचिनको कीर्तिमान तोड्ने सम्भावना पनि बढेको छ । 

विराटका अतिरिक्त भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि उत्कृष्ट अर्धसतकीय योगदान गरे। उनले टोलीको खातामा ७७ रन थपे । उनले पेभेलियन फर्किनुअघि ८७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।

 भारतका लागि कप्तान रोहित शर्माले पनि आक्रामक पाली खेल्दै ४० रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिल भने २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

विकेटकिपर ब्याट्सम्यान केएल राहुल आठ रन बनाउँदै आउट भए । सूर्यकुमार यादबले पनि टोलीको खातामा १४ बलमा पाँच चौकाको मद्दतले २२ रन थपेका थिए । रविन्द्र जडेजाले पनि अविजित २९ रन बनाए। उनले १५ बलमा एक छक्का र तीन चौका हिर्काए ।  

भारतले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर लुइजी एनगिडी, मार्को जानसेन, कागिसो राबडा, केशव महाराज र ताब्रियास साम्सीले एक—एक विकेट लिएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: