Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

शोकमा परेकालाई थप पीडा दिनेगरी तस्बिर र भीडीयो सम्प्रेषण नगर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । 

काउन्सिलले एक विज्ञप्ति जारी गर्दै युट्युबलगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका वीभत्स दृश्य तथा तस्बिरसहित सार्वजनिक गरेकोमा आपत्ती जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको विभत्स दृश्य तथा तस्बिरहरू सम्प्रेषण नगर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ,'को पहिला हुने, होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी,मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न,नगराउन भनिएको छ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम,सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ,'विज्ञप्तिमा उल्लेख  छ । शुक्रबार राती जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्द्र बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्बाट  भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त समेत गरेको छ ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु र करिब दुई सयजना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले भूकम्पमा निधन भएकाको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

दुई दिने बिदा कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका ला...

बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् ।  पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन ...

रोल्पा दर्घुटनाः मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबा...

अध्यादेशको राजनीति र संवैधानिक मर्यादा: आवश्यकता कि चोरबाटो?

​पृष्ठभूमि ​लोकतान्त्रिक शासन व्यवस्थामा कानुन निर्माणको प्राथमिक थलो संसद् हो। जनताका प्रतिनिधिहरूले व्यापक छलफल र बहसपछि पारित गरेको ऐन नै शासन सञ्...

अफगानिस्तानमा महिला बजारको सुरुवात

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ । जहाँ दर्जनौं महिला उद्यमीहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending