Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

वन समूहको सहयोगमा बल्याे गाउँमा बिजुली

खबरडबली संवाददाता

उदयपुर ।  उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । 

तामाङको घरमा बिजुली बाल्नका लागि तामाङनै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो । “समूहले तार र मिटरबक्स जडान गरिदिएको हो”, तामाङले भने “समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।” 

उनीलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङकाले बताए । गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताए ।  “समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ”, उनले भने । 

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले रु आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा  सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ । आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए । 

कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन  समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो । गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै ।उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

दुई दिने बिदा कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका ला...

बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् ।  पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन ...

रोल्पा दर्घुटनाः मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबा...

अध्यादेशको राजनीति र संवैधानिक मर्यादा: आवश्यकता कि चोरबाटो?

​पृष्ठभूमि ​लोकतान्त्रिक शासन व्यवस्थामा कानुन निर्माणको प्राथमिक थलो संसद् हो। जनताका प्रतिनिधिहरूले व्यापक छलफल र बहसपछि पारित गरेको ऐन नै शासन सञ्...

अफगानिस्तानमा महिला बजारको सुरुवात

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ । जहाँ दर्जनौं महिला उद्यमीहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending