Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट–भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । 

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री  दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भूकम्प गएलगत्तै तीनै तहका सरकार र निकायबाट गरिएको पहल सकारात्मक रहेको उल्लेख गरे । उनले विस २०७२ को भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन, नियम र संरचनालाई पुनःसंरचना गरी शीघ्र रुपमा काम गर्नका लागि तयारी गरिएको बताए । 

“भूकम्पपछि सबै दल, सङ्घीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पूरा गरेका छौँ । अब राहत र पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने । 

उनले भूकम्पपीडितहरुलाई न्यानो कपडाको व्यवस्थापन गर्न र उपचार प्रभावकारी बनाउन निर्देशन दिए । नेपाल प्राकृतिक विपदको जोखिममा रहेको मुलुक भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जति पहल गर्नुपर्ने हो र जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो त्यो नपुगेको बताए ।

“अबको तीन दिन राहतका निम्ति अधिकतम पहल गरौँ । पुनःस्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ । विद्यमान ऐन, विधि र संरचनाले पुनःनिर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ”, उनले भने ।

२०७२ को भूकम्पपछि पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उहाँले भूगोलको अध्ययन गरी कुन भूगोल भूकम्पको जोखिममा छ भन्ने विषय त्यसको अध्ययन आवश्यक भएको बताए । “यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतर्फ सोच्नुपर्छ । विपदका लागि आवश्यक सामग्री सबै जिल्लामा राख्ने गरी काम गरौँ ।

अहिलेदेखि नै ती सामग्री ‘स्टोर’ गरेर राखौँ”, प्रधानमन्त्रीले भने, “यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं ।”

विगतमा सरकारनिरिह भएको अनुभव सुनाउँदै प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो नहुने बताए । “यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौँ”, उनले भने ।  

बैठकमा उपप्रधानमन्त्री एव् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, सहरी विकास मन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतले प्रधानमन्त्री दाहालले देखाउनुभएको सक्रियता र खटाइको प्रसंशा गरेका थिए  ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्री आफैले उद्धारको पहल लिए, उद्धारको काम लगभग पूरा भएको छ । अहिले कोही पनि बेपत्ता छैनन् । अब हाम्रो ध्यान राहतमा केन्द्रित हुनुपर्छ ।” 

पूर्वमन्त्री गङ्गाधर तुलाधरले प्रधानमन्त्रीको सक्रियताले भूकम्पपीडितप्रति सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको धारणा राखे । उर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री स्वयंले पहल लिएका कारण राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको बताउँदै भूकम्प पीडितको घाउमा मलहम लगाउन सरकार सफल भएको बताए ।

भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्प प्रभावितको उद्धार, राहत र उपचारमा प्रधानमन्त्री स्वयंले नेतृत्व लिनु सकारात्मक भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले प्रधानमन्त्रीको तदारुकता प्रशंसायोग्य रहेको भन्दै जिम्मेवार र सक्रिय प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गरे । नेपाल सेनाका प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री स्वयं खट्दा सिङ्गो राज्ययन्त्र परिचालित भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

सिराहामा बम विस्फोट हुँदा एक जना घाइते

सिराहा  । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...

फेक ‘रेस्क्यु’ प्रकरणमा पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...

आयल निगमको स्पष्टीकरण पेट्रोलियम आपूर्तिः अभाव होइन हल्ला मात्रै

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE