सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिए ।
शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सय बढी घाइते भएका छन् ।
त्यसै गरी कर्णाली प्रदेश सरकारले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा दश करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।
भूकम्पबाट प्रभावित स्थानीय तहलाई तत्काल राहत र उद्धारका लागि स्थानीय तहले खर्च गर्ने गरी अवस्था हेरेर पाँचदेखि २५ लाख रुपियाँसम्म प्रदान गर्ने पनि निर्णय भएको उनले बताए ।
राहतका कामलाई एकद्दार प्रणालीमार्फत गर्ने र जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विपद्को समयमा सहयोग गर्न सबैलाई सार्वजनिक रूपमा आव्हान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...
बैशाख १७ गते, २०८३ - २०:४१
काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...
बैशाख १७ गते, २०८३ - २०:३५
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...
बैशाख १७ गते, २०८३ - २०:३२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...
बैशाख १७ गते, २०८३ - २०:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...


प्रतिकृया लेख्नुहोस्: