Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

खबरडबली संवाददाता

नारायणगढ । धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ।

भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रुपमा फैलिएको बताउँछन् । उनले भने, “जसरी मानिसमा कोरोना र गाईभैँसीमा लम्पी स्किन रोग फैलियो त्यसैगरी अहिले धानमा कालोपोके रोेग महामारीका रुपमा फैलिएको छ । हामी काम गरेर खाने किसानको बिजोग भयो ।”

खासगरी समूहमा लागाइएको पटिहानीको सावा धानमा कालोपोकेको व्यापक महामारी फैलिएको उनको भनाइ छ । उनले भने, “धान काट्नका लागि अझै एक हप्ताजति लाग्छ । यो रोगको समस्या दिनानुदिन वढ्दै गएको छ ।” कालोपोके रोगका कारण धानको बीउ उत्पादन गर्न नमिल्ने भन्दै उनले रोग लागेको धान व्यापारीलेसमेत खरिद नगर्ने हुँदा थप समस्या भएको बताए । गत वर्षको तुलनामा अहिले आधाभन्दा कम धान उत्पादन हुने उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं ५ तोरीखेतका किसान फणिन्द्र पङ्गेनीले पनि पाक्नै लागेको धानको बालामा कालोपोके लागेको र कालोपोकेका कारण धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरे । उनी मात्रै नभएर उनीसँगै छर छिमेकमा लगाएको धानखेतीमा समेत कालोपोकेको समस्या देखिए पछि गाउँनै चिन्तित भएको उनले जानकारी दिए ।

गत वर्ष एक कट्ठामा तीन मुरीभन्दा बढी धान उत्पादन गरेका पङ्गेनी यो वर्ष कट्ठाको एक मुरी दश पाथी पनि भित्र्याउने अवस्था नभएको बताउँछन् । “पहिलेका वर्षमा आँफूलाई खान पुग्ने धान अड्कलेर बाँकी धान बिक्रीवितरण गर्ने हामी किसान यस वर्ष बिक्री वितरण गर्न नपाउने भएका छौँ”, उनी भन्छन्, “यो वर्ष रोगका कारण किसानको घरमा धान नहुने देखियो । अब के गर्ने ।”

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ७५ प्रतिशतमा कालोपोकेको समस्या देखिएको हो । सावा मन्सुली, सावित्रीलगायतका धानमा यो समस्या देखिएको छ । कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीले जिल्लामा लगाइएको धानमा कालोपोके, नेक ब्लाष्ट, व्याक्टेरीयल प्यानिकल ब्लाष्ट ९दाना नलाग्ने० रोगको समस्याले गर्दा धान उत्पादनमा कमी आउने बताउँछन् ।

रोगका कारण जिल्लामा धानको उत्पादनमा ३० देखि ५० प्रतिशत सम्म कमी आउनसक्ने उनको आँकलन छ । कालोपोके तथा बालीमा लाग्ने रोग विशेष गरी बीउ, माटो र हावाका कारण लाग्ने उनले बताए । अघिल्लो वर्षको बीउमा समस्या हुँदा यो रोगको समस्या बढेको भन्दै उनले कालोपोके रोग ढिलो पाक्ने धानमा पाक्ने समयमा बढी देखिएको जानकारी दिए । बीउ राख्ने समयमा सावधानी अपनाउन नसक्दा र लगातार एउटै बाली खेतमा लगाउँदा रोगको सङ्क्रमण बढी हुने त्रिपाठीले बताए ।

बागमती प्रदेश बीउबिजन प्रयोगशाला, हेटौँडाका प्रमुख राजन ढकाल बीउ र माटोका कारण रोगको सङ्क्रमण देखिएको बताउँछन् । उनले भने, “सावा मन्सुलीमा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहुँदा हाल चितवनमा कालो पोके रोगको समस्या बढी देखिएको हो ।”  कालोपोके रोग र नेक ब्लाष्ट जस्ता रोग लागेको धानको बीउ आगामी वर्ष प्रयोग गर्न नहुने उनले जानकारी दिए । उनले भने, “बीउ र सन्तुलित मलखादको व्यवस्थापन हुन नसक्दा बालीमा रोगको संक्रमण बढेको हो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending